साउन ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताएका छन् । 

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले मुलुकमा चुना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताएका छन् । 

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले मुलुकमा चुना"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले देश र जनतालाई धोका दियो: प्रधानमन्त्री

७ श्रावण २०७३, शुक्रबार ०५:०४

साउन ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताएका छन् । 

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको बताए । उनले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माण काममा प्रतिपक्षलगायत दलले अवरोध गरेको बताए । 

प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उनको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरी देशमा जनजीविका, सामाजिक न्याय र समानता कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।

अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले सशक्त भूमिका खेल्ने बताउँदै उनले भने, ‘हामी अहिले एक प्रकारको चक्रब्यूहमा परेका छौँ, त्यसमा पराजय हुँदैनौँ । माओवादीले देश तथा जनतालाई धोका दिएको छ केही समयमा नै उसले पश्चाताप गर्नेछ ।’

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले डेढ वर्षभित्रमा चुनाव हुन नसकेमा संविधान कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख तीन दलले राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । उनले पुष्पलालको जन्मस्थान रामेछापको भङ्गेरीलाई ऐतिहासिक महत्वको स्थल बनाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ