साउन ७, काठमाडौँ ।नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारको बिरोध गर्नेहरुलाई चेतावनी दिएका छन् ।
नेकपा माक्र्सवादी केन्दिय समितिद्धारा ३९ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीस्थित मिडिया इन्टरनेशनलको हलमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्टहरुको योगदानबाटै नेपालमा प्रजातन्त्र, गणतन्त्र र नयाँ जनगणतन्त्रको स्थापना भएको र कम्युनिस्टका विपक्षमा कुनै कदम चाल्नेहरुले कहिल्यै सफलता हासिल गर्न नसकिने बताए ।
कार्यक्रममा नेपाल प्रगतिशिल युवा संघका अध्यक्ष गोकुल थापाले देश यहाँसम्म आउनुमा नेपाली कम्युनिस्टहरुको निकै नै पुरानो योगदान भएको जिकिर गरे । भोलीका दिनहरुमा पनि कमरेड पुष्पलालकै सिद्धान्तलाई अनुसरण गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा देशभरका कम्युनिस्ट समर्थक पार्टिका व्यक्तिहरुले कम्युनिष्ट पार्टिको स्थापना गर्ने महान व्यक्ति पुष्पलालको सिद्धान्त, संगठन र संघर्ष को अनुसरण गरी देशविकाशमा लाग्नुपर्ने धारणा राखेका थिए । एक हप्तासम्म चल्ने उक्त कार्यक्रममा वृक्षरोपण र र्यालीजस्ता कार्ययोजनाहरु छन् ।