साउन ७, काठमाडौँ । व्यवस्थापिका संसदमा पेश भएको आर्थिक विधेयक २०७३ फेल भएको छ ।
आज बसेको संसद बैठकमा आर्थिक विधेयकमाथि मतदान हुँदा उक्त विधेयक बमहुमतले अस्वीकृत भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि सरकारले अविश्वासको प्रस्ताव अघि नै आर्थिक विधेयक पेश गरेको थियो ।
सरकारको समर्थन फिर्ता लिएको माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी दललगायतले विधेयकको विपक्षमा मतदान गरेका छन् ।