साउन ८, काठमाडौं | आज १३ औं दिन अनसन बस्दै गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौं | आज १३ औं दिन अनसन बस्दै गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको"/>
२०८२, ८ चैत्र आईतवार
काठमाडौँ - KTM

एमाले सांसदहरुको ब्यबसाय चौपट हुन लागेपछि… लम्बिँदै सरकार र डा. केसीको वार्ता

२०७३, ७ श्रावण शुक्रबार २१:५०

साउन ८, काठमाडौं | आज १३ औं दिन अनसन बस्दै गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको छ । अनशनरत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीको अनशन तोडाउन सरकारी वार्ता टोलीले शुक्रबार निकै कोसिस गर्दा पनि केसी आफ्नो मागमा अडिग रहे । 

सरकारी टोली र डा. केसीबीचको वार्ता सफल नहुनुमा सबै भन्दा ठूलो कारण बन्यो मनमोहन प्रतिष्ठान जो एमालेका संसदहरुको लगानीमा छ । वार्ता टोली र केसीबीच वार्ता सहमतिमा पुग्न नसक्नुको मुख्य कारण नै यसमा जोडेर हेरिएको छ । सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा प्रस्तावित मनमोहन प्रतिष्ठानलाई सरकारले किन्ने, अन्य कुनै प्रतिष्ठानअन्तर्गत चलाउने या छुट्टै प्रतिष्ठान बनाउने भन्ने विषय उल्लेख छ । तर यही कुरामा डा.केसीको आपत्ति जारी रहेको छ ।

डा. केसीकै कारण धेरै अघिदेखि खुल्नुपर्ने एमाले संसदहरुको मेडिकल ब्यबसाय अझैसम्म प्रभावित छ । बिभिन्न कसरत गरेर पनि नसकेपछी ब्यबसायी एमाले संसदहरुले मनमोहन मेडिकल कलेजलाई नाम फेरेर प्रतिष्ठान बनाए अनि सरकारलाई बेच्न तयार भए तर मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदमा लगेपछि डा. गोविन्द केसीले अनसन बस्ने तयारी गरेपछी उक्त काम प्रभावित हुँदै थियो । यसै क्रममा गोविन्द केसी अहिले अनसनमा छन्  । 

डा.केसीसँग समाधान निकाल्न शुक्रबार दुईपटक वार्ता भएको थियो । शुक्रबार दिउँसो पांच घन्टा बसेको औपचारिक वार्ता निष्कर्षमा पुग्न नसकेपछि राति अनौपचारिक छलफल गरिएको थियो । सो छलफलले पनि कुनै काम गर्न सकेन । त्यसपछि सरकारी बार्ता टोलीले अर्को दिन वार्ता टुंग्याउने बतायो ।  उसले डा. केसीसँग राजनीतिक समिति बनाई समस्या समाधान गर्ने प्रस्ताव राखेको थियो । तर केसीले राजनीतिक समिति बनाएर मात्र अनशन अन्त्य गर्नुको औचित्य नहुने भन्दै शुक्रबारको वार्ता स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा