2026-07-10 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा वैठक: स्थायी समितिमा आज बोल्न पाएका सबै नेताले गरे ओलीको आलोचना

असार १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी समितिको बैठकमा पाँच जना स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने क्रममा सबैले ओलीको आलोचना गरेका छन् । आजको वैठकमा नेताहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राखेका थिए । 

आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी निर्वाचन आयोगका दर्ता भएको विषयलाई केन्द्रीत गर्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । 

बैठकमा बोल्ने नेताहरुले ओलीको राजीनामा समेत मागेका छन् । नेताहरु लीलामणि पोख्रेल र मात्रिका यादवले आफ्नो धारणा राख्दै ओलीले राजीनामा दिनुको विकल्प नभएको धारणा राखेका छन् । 

उता नेकपाका अर्का स्थायी समिति सदस्य नन्द कुमार प्रसाईँले प्रधानमन्त्री ओलीसँग सच्चिने वा राजीनामा दिनुपर्ने विकल्प रहेको धारणा राखेका छन् । 

नेकपा वैठकमा पाँच नेताहरुले आफ्नो धारणा राखेपछि बैठक स्थगित गरिएको छ । आजको वैठक काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको कारण स्थगित भएको बताइएको छ । 

प्रधानमन्त्री ओलीले आइतबार आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएका थिए । त्यसयता नेकपाभित्र ओली आलोचना सुरु भएको छ । 

नेकपा स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो