2026-07-10 12:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाहाल–नेपाल सहित सचिवालयका ६ नेताको वैठकको निष्कर्ष: ओली विरुद्ध एकजुट

असार १७, काठमाडौँ | नेकपा सचिवालयका ६ नेताहरु ओली विरुद्ध एकजुट भएर अघि बढ्ने सहमति गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज छुट्टै वैठक बसी प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति बनाएको छ ।

बुधबारको स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि झम्सिखेलमा बसेको दाहाल–नेपाल समूहका नेताहरुको भेलाले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तयार पारेको छ । नेकपाको वैठक भोली बिहीबार बस्दैछ । आजको बैठकको रणनीति भोली हुने बैठकको पुर्व तयारीको रुपमा समेत लिईएको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ । पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेसंगै भोलीको वैठकले प्रधानमन्त्रीको राजिनामा माग्ने बुझिएको छ ।

उक्त वैठकले विधान अनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले पार्टीको विधानअनुसार पार्टी निर्णय नमानेमा विधानअनुसार नै अगाडि बढ्ने निष्कर्ष निकालेको छ । नेकपाको पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ । 

यसअघि ओलीको साथमा रहेको भनिएका सचिवालय सदस्य बादल पनि आजको वैठकमा सहभागी भएर ओलीले पार्टी निर्णय मान्नु पर्ने धारणा राखेका छन् । 

बुधबार सचिवालयका पाँच नेताहरुले धारणा राखेपछि वैठक स्थगित गरिएको थियो । धारणा राख्ने क्रममा पाँच नेता मध्ये चार जनाले प्रधानमन्त्रीको राजिनामा मागेका थिए । प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीको अवसरमा आफूलाई पदबाट  हटाउन भारतीय राज्य संयन्त्र र केही पार्टीभीत्रकै नेताहरु लागेको भनेका थिए, त्यस यता नेकपाभित्र ओलीको धारणालाई लिएर आलोचना भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो