१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले थाले राजनीतिक परामर्श

१८ असार २०७७, बिहीबार ०३:३३

असार १८, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी बैठकका ‘एजेन्डा’ र समसामयिक विषयमा बुधबार बिहान छलफल गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीका सदस्यहरूसँग सामूहिक रूपमा छलफल र सुझाव लिएका थिए । छलफलपछि स्थायी कमिटीको बैठक बसेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थायी कमिटीको जारी बैठकका कार्यसूचीभन्दा बाहिरका र अहिलेका ज्वलन्त विषयमा प्रधानमन्त्रीले छलफल गरेको जानकारी दिए । स्थायी कमिटी सदस्य भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र चुलिँदै गएको समस्या, अन्तरविरोध, विकसित घटनाक्रम र सङ्कट समाधानका विषयमा नेताबीच कसरी छलफल हुँदै आएको छ भन्ने विषयमा धारणा राखेका थिए ।

स्थायी कमिटीका सदस्यहरूले पार्टी एकताको भावना अनुसार दुई अध्यक्षले स्थायी कमिटीमा उठेका विषयलाई सचिवालयमा ल्याएर साझा धारणा र प्रस्ताव बनाउन सुझाव दिएका छन् । त्यसका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले ज्यादा पहलकदमी लिनुपर्ने सुझाव सदस्यहरूले दिएका छन् ।

उहाँले अध्यक्ष ओलीबाट स्थायी कमिटी सदस्यहरूलाई बोलाएर गर्नुभएको परामर्श र पहलकदमीले पार्टीको अन्योल परिस्थिति सकारात्मक दिशामा जान्छ भन्नेमा आशावादी रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण