२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले थाले राजनीतिक परामर्श

२०७७, १८ असार बिहीबार ०३:३३

असार १८, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी बैठकका ‘एजेन्डा’ र समसामयिक विषयमा बुधबार बिहान छलफल गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीका सदस्यहरूसँग सामूहिक रूपमा छलफल र सुझाव लिएका थिए । छलफलपछि स्थायी कमिटीको बैठक बसेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थायी कमिटीको जारी बैठकका कार्यसूचीभन्दा बाहिरका र अहिलेका ज्वलन्त विषयमा प्रधानमन्त्रीले छलफल गरेको जानकारी दिए । स्थायी कमिटी सदस्य भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र चुलिँदै गएको समस्या, अन्तरविरोध, विकसित घटनाक्रम र सङ्कट समाधानका विषयमा नेताबीच कसरी छलफल हुँदै आएको छ भन्ने विषयमा धारणा राखेका थिए ।

स्थायी कमिटीका सदस्यहरूले पार्टी एकताको भावना अनुसार दुई अध्यक्षले स्थायी कमिटीमा उठेका विषयलाई सचिवालयमा ल्याएर साझा धारणा र प्रस्ताव बनाउन सुझाव दिएका छन् । त्यसका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले ज्यादा पहलकदमी लिनुपर्ने सुझाव सदस्यहरूले दिएका छन् ।

उहाँले अध्यक्ष ओलीबाट स्थायी कमिटी सदस्यहरूलाई बोलाएर गर्नुभएको परामर्श र पहलकदमीले पार्टीको अन्योल परिस्थिति सकारात्मक दिशामा जान्छ भन्नेमा आशावादी रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु