२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा विवाद मिलाउन ओली-प्रचण्डबीच छलफल सकारात्मक

२०७७, १९ असार शुक्रबार १७:०३

असार १९, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुभएको थियो । नेता शर्माका अनुसार आज अध्यक्षहरुबीच आपसमा विगतमा भएका सहमति, त्यसको पालना र देखिएका कमीकमजोरीलगायत सबै विषयमा छलफल भएको र शनिबारको स्थायी कमिटी बैठक अगाडि पुनः बस्ने तय भएको छ । 

उहाँबीच पार्टी एकतापूर्व २०७५ जेठ २ मा समानता र आपसी सहमतिका आधारमा सरकारमा आलोपालो नेतृत्व गर्न भएको सहमति, गत मङ्सिर ४ मा प्रधानमन्त्री ओली सरकारको काममै निरन्तर रहने र अध्यक्ष दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने गरी स्थायी कमिटीमा भएको निर्णयको कार्यान्वयनलगायतका विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो । एकता प्रक्रियाका साक्षी महासचिव पौडेल र नेता शर्माले पनि कुनै पनि हालतमा पार्टी एकताबद्ध रहनुपर्छ भन्ने सुझाव दिनुभएको थियो । कार्यकर्ता तहले समृद्धि र स्थिरताका लागि चुनावी घोषणापत्रअनुसार पार्टी एकताबद्ध भई आपसमा मिलेर देश र जनताका पक्षमा काम गर्न दबाब सिर्जना गरेको छ ।

नेकपाको मङ्गलबारको स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिनुभएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिनुभएको विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको  विषय पनि उठेको थियो । 

यसैगरी निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा त्यसमा नेकपाका नेता कार्यकर्ताको संलग्नता छ/छैन भन्नेमा छलफल चलेको थियो । उक्त विषयका साथै संसद्को बजेट अधिवेशन बिहीबार अन्त्य भएका विषयमा पनि नेकपा स्थायी कमिटीमा विवाद उत्पन्न भएको छ । यही असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठक शनिबार ११:०० का लागि बजे तोकिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तसङ्घर्ष कुनै व्यक्ति वा व्यक्तिको स्वार्थमा हुन नहुने भएकाले एउटा वा अर्को व्यक्तिको समर्थन वा विरोधमा नभई पार्टी एकता, समृद्धि, समाजवाद, देश, जनता र श्रमजीवी वर्गलाई केन्द्रविन्दुमा राखेर रुपान्तरणमुखी बहसमा सहभागी हुन आज आह्वान गर्नुभएको छ । एकता जोगाउन सबै आफ्नो छातीमा हात राखेर सोच्न पनि उहाँले आग्रह गर्नुभएको छ । 

बैठकमा नेपालको सीमा समस्या र समाधान, कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार, सरकार तथा पार्टीको काम कारवाहीका विषयमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत कार्यसूची तय गरिएका थिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच विसं २०७५ जेठ ३ गते एकता भई नेकपाको गठन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा