साउन ८, भक्तपुर । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, भक्तपुर । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

कांग्रेस–माओवादीको गठबन्धन मुलुकको हितमा छैन: पाण्डे

८ श्रावण २०७३, शनिबार ०३:४८

साउन ८, भक्तपुर । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा अब बन्ने सरकार १०० दिनको हनिमुनसम्मका लागिमात्रै भएको बताएका छन् ।

नेपाल खेलकुद महासंघ भक्तपुरले शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक एवं संवैधानिक जटिलता र यसको निकास’ विषयको अन्तरक्रियामा उनले कांग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धन मुलुकको हितमा नभएको विचार व्यक्त गरे ।

अब बन्ने सरकारले आगामी २०७४ भित्र संसदीय चुनाव नगरी सरकार लम्ब्याउन षड्यन्त्र गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुँदै एमालेले नयाँ रणनीतिकासाथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले नेपालको संविधानमा सरकार विघटन गर्ने व्यवस्था भएपनि नयाँ सरकार बनाउने व्यवस्था नभएको जिकिर गरे ।

उनले नयाँ सरकार गठन गर्न संविधान संशोधन गरेर जानसके दीर्घकालीन समाधान हुने बताउँदै अन्यथा यो समस्या अर्को सरकार गठन हुँदा पनि आउने बताए ।

खेलकुद महासंघ भक्तपुरका अध्यक्ष दिलीप केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, एमाले जिल्ला सचिव हरिशरण लामिछाने, राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं महासंघका कार्यबहाक महासचिव राजेन्द्र श्रेष्ठलगायतले देशमा आएको राजनीतिक संकट हटाउन दलहरुबीच सहमति हुनैपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार