२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा विभाजनको चरणमा प्रवेश गरेको भन्दै पार्टी एकता बचाउन प्रधानमन्त्रीको आग्रह

२०७७, २१ असार आईतवार ००:२१

असार २१, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अहिले देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसंग छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सनिबार साँझ मन्त्रीहरुलाई नेकपामा देखिएको समस्याबारे  प्रधानमन्त्रीले अवगत गराएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिए । 

‘पार्टी विभाजनका चरणमा प्रवेश गरेकाले’ त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीलाई प्रधानमन्त्रीले आग्रह गरेका को राज्यमन्त्री रावतले बताए । ‘‘पार्टी एकता जुन ढङ्गले भएको थियो,  त्यही गतिका साथ पार्टीकै शीर्ष नेता नलागेर बेठीक ढङ्गले लाग्नुभयो’’,  प्रधानमन्त्रीलार्ई उद्धृत गर्दै रावतले भने, ‘‘पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो । त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस् । ’’

बैठकमा आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने जनाउँदै नेता ओलीले पार्टी एकता गर्दाको  सहमतिअनुसार आफू चल्ने बताउनुभएको रावतले जानकारी दिए ।  बैठकमा मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिएको राज्यमन्त्री रावतले बताए ।  रावतका अनुसार मन्त्रीहरुले पार्टीका शीर्ष नेताका विरुद्ध बाहिर सञ्चारमाध्यममा आएका समाचार विश्वसनीय नभएको जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसंग छलफल गरेपछि साँझ ७ बजे प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यसंग छलफल गरेका थिए । छलफलमा सबै मन्त्री र राज्यमन्त्रीको सहभागिता थियो । केही दिनदेखि पार्टी एकतामा समस्या देखिएपछि प्रधानमन्त्री ओली र अन्य शीर्ष नेताहरु छलफलमा व्यस्त छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा