2026-07-10 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली-प्रचण्ड पक्षधर नेता-कार्यकर्ताबीच झडपः प्रचण्ड समूहलाई माओवादीमा र्फकन आह्वान

भिमबहादुर बिक | असार २२, कैलाली । सत्ताँरुढ नेकपाभित्रको दुई अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच चर्किएको विवादलाई लिएर जिल्ला स्तरका नेता, कार्यकर्ताहरु समेत पक्ष र विपक्षमा विभाजित बन्दै कुटाकुटको अवस्था पुगेका छन् ।

सुदूरपश्चिमको कैलाली अन्तर्गत लम्की बजारमा केपी ओली पक्षधर नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री पदको बचाउको माग सहित सडक प्रदर्शन गरिरहेको अवस्थामा प्रचण्ड पक्षधर नेता, कार्यकर्ताहरुले आक्रमण गरेका हुन ।

लम्की बजारमा  आज दिउसो करिब ५ बजेतिर आयोजित उक्त कार्यक्रममा सत्ताँरुढ नेकपाका प्रचण्ड पक्षधर र केपीओली पक्षधरका नेता, कार्यकर्ताहरुबीच कार्यक्रममा बोलेको विषयलाई लिएर हातहालाहाल भएको बझिएको छ ।

नेपालको नयाँ नक्सामा ओलीको फोटो राखेको ब्यानरसहित सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको नाममा दिउस प्रधानमन्त्री पदको बचाउको माग समेत गर्दै र्याली तथा कोणसभा गरिएको थियो ।

‘देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्रमाथी, राष्ट्रीय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर’ लगायतका नारा लेखिएका प्ले कार्डसहित र्यालिमा सहभागि रहेका ओली पक्षधर युवाहरु लम्की चोकमा पुगेर कोणसभा गर्न लागेको अवस्थामा त्यस्तो घटना भएको थियो ।

सचेत नागरीक समाजको तर्फबाट ओली पक्षधरका नेकपाका स्थानीय नेता नरबहादुर  कोणसभालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको बचाउ गदै प्रचण्डले पार्टीमा बकमफुसे कुरा गरेको बताएपछि प्रचण्ड पक्षधरका नेकपाका स्थानीय नेता, कार्यकर्ताहरुले समूहले एक्कासि आक्रमण गरेको थियो ।

ओली पक्षधर नेकपाका स्थानीय नेता खड्काले दुईतिहाईको सरकारलाई आफ्नै साथिहरुले ढलाउन खोजेको भन्दै प्रचण्ड समूहका नेता, कार्यकर्तालाई लक्षीत गरेर आक्रोस पोखिरहेकाबेला प्रचण्ड पक्षधर नेता, कार्यकर्ता तथा पूर्व माओवादी युवाहरुले खड्कालाई त्यस्तो नभन्न चेतावनी दिदै आक्रमण गरे ।

उक्त घटनाको विषयमा ओली पक्षधरहरुले प्रचण्डको पक्षलिर्दै पूर्व माओवादी लडाकुहरुले नियोजित रुपमा आफुहरुमाथी आक्रमण गरेको आरोप लगाइरहेका छन भने प्रचण्ड पक्षधर युवाहरुले आफ्नै पार्टीको अध्यक्षको अपमान गरेको, पार्टी नीति विरुद्ध अभिव्यक्ति दिएको कारण त्यस्तो नगर्न चेतावनी दिदै रोक्न खोजेको तर्क अघि सारेका थिए ।

उक्त घटनाको विषयमा प्रेस सेन्टर नेपालका पत्रकारसँग कुराकानी गर्दै कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम समशेर राणाले दुई पक्षबीचको विवाद भएपनि प्रहरीले त्यसलाई तत्काल नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना हुन नपाएको बताए ।

एसपी राणाका अनुसार दुईपक्षबीच धकलाधकेल भएपनि अन्य हानाहानसम्म हुन नपाएको बुझिएको छ । झडपबाट कसैलाई पनि गम्भीर चोट नलागेको एसपी राणाले बताएपनि दुबै पक्षकालाई चोट लागेको हुनसक्ने प्रत्यक्षदर्शिहरुले आशंका गरिएको छ । एक प्रत्यक्षदर्शिका अनुसार पुर्व जनमुक्ति सेना समेत रहेका प्रचण्ड पक्षधर नेता रतन सुनार लगायतलाई सामान्य चोट लागेको बुझिएको छ । तर त्यो विषयमा आधिकारीत श्रोतबाट प्रष्ट खुलेको छैन । 

दुई पार्टीबीच एकता भएको दुई बर्षपुग्दै गर्दा सम्मपनि नेता, कार्यकर्ताहरुमा एकताको भाव नदेखिनुले नेकपा लामो समयसम्म एकै भएर टिकिरहने सम्भावना न्यून रहेको धेरैको टिप्पणी रहेको छ । 

नेकपाको आन्तरिक विवाद स्थानीय नेता, कार्यकर्तासम्म पुग्नु र झडपमा परिणत हुनले उनीहरुको अभिजात वर्गिय एकता प्रष्ट बन्दै गएको भन्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकालले नेकपा फुटको संघारमा रहेको तर्क गरे ।

नेता ढकालले नोपाभित्रका पूर्व माओवादी, सच्चा कम्युनिष्टहरुलाई विचार, दर्शन र सिद्धान्तः वर्गिय आन्दोलनको लागि आफ्नो घर फर्कनुको अर्को विकल्प नभएको भन्दै आह्वान समेत गरे । उनले सच्चीएर आएमा पुन पुराना नेता, कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा स्वागत गर्न सकिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो