Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको बाधक लागुऔषध : गृहमन्त्री थापा

२०७७, २३ असार मंगलवार ०८:१९

असार २३, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आधारभूत समस्याको रुपमा लागुऔषध रहेको बताउनुभएको छ । सबैभन्दा धेरै युवापुस्ता लागुऔषधको दलदलमा फसेको उदाहरण प्रस्तुत गर्दै उहाँले मुलुकको समृद्धिको बाधक पनि लागुऔषध नै भएको जिकिर गर्नुभयो । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएकोसमेत उहाँले उल्लेख गर्नुभयो ।

गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै उहाँले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको उल्लेख गर्नुभयो । उहाँले  भन्नुभयो, “यो एक प्रकारको कोरोना जस्तै सङ्क्रामक रोगभन्दा पनि फरक पर्दैन, यसले कोरोनाले जस्तै मानव अस्तित्व सुरक्षित राख्न विश्वसामु नै चुनौती खडा गरिरहेको छ ।”

प्रतिवेदनमा मुलुकभर कुल एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन् ।  विभिन्न ४३ जिल्लाका दुई हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । गत २०६९ मा प्रयोगकर्ताको सङ्ख्या कूल ९१ हजार ५३४ थियो । तथ्याङ्कमा वृद्धि भए पनि वृद्धिदर भने घटेको पाइएको छ । 

उहाँले युवा शक्ति बढी लागुऔषध दुरुपयोगमा फसेकाले त्यसको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो । गृहमन्त्रालयले लागू गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समेत लागुऔषध दुरुपयोग र यसबाट हुने अपराध रोक्ने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले प्राप्त तथ्याङ्कमा सङ्ख्या वृद्धि भए पनि वृद्धिदर घट्नु खुशीको कुरा भएको बताउनुभयो । प्राप्त प्रतिवेदनले आगामी दिनमा यसको दुरुपयोग नियन्त्रणका लागि थप रणनीति तय गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गृहसचिव महेश्वर दाहालले बेरोजगारी बढी लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनले औल्याएको तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “युवा शक्ति सहभागी हुनु भनेको मुलुकको विकासमा समेत अवरोध हुनु हो”, उहाँले भन्नुभयो, “लागुऔषधसँग अन्य रोगको साइनो जोडिएकाले मानव स्वास्थ्यलाई समेत प्रतिकूल प्रभाव पारिरहेको छ, यसतर्फ बेलैमा सोच्नु पर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ