2026-07-10 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरिता गिरीलाई सांसद र पार्टीबाट हटाउने समाजवादी पार्टी नेपालको निर्णय

असार २३, काठमाडौँ | समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

सो पार्टीको आज बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले नेत्री गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको जानकारी दिनुभयो ।

पार्टीका महासचिव रामशाहप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनअनुरुप सांसद गिरीलाई कार्वाही गरिएको हो । कार्यदलले गिरीलाई कार्वाही गर्न सिफारिससहित आजै पार्टीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । पार्टी ह्विप उल्लङ्घन गरेको आरोपमा गिरीलाई कार्वाहीका लागि पार्टीले कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । 

गिरीले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि असहमति राख्नुभएको थियो । लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्विप उल्लङ्घन गर्नुभएको थियो । गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो