साउन ९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ। 
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारी र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता

९ श्रावण २०७३, आईतवार ०२:१८

साउन ९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ। 

 आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा  भएको सो भेटमा व्यवस्थापिका–संसद्मा संविधानका बारेमा उठिरहेका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दलहरुबीच राम्रो समझदारी बनी मुलुक सहज निकासतर्फ अग्रसर होस् भन्ने आफ्नो चाहना रहेको बताएको अध्यक्ष दाहालले सञ्चारकर्मीलाई बताए। 

 राष्ट्रपति भण्डारीले सबै पक्षसँग छलफल गरेर सहज समाधान निकाल्नेतिर आफ्नो भूमिका रहने विश्वास अध्यक्ष दाहाललाई दिलाएकी थिइन्।भेटमा अध्यक्ष दाहालले सदनमा रहेको अविश्वासको प्रस्तावमाथिको छलफलपछि के हुन्छ हेर्न बाँकी छ भन्दै सबै कुरालाई सकारात्मक ढङ्गबाट छिटो निकास निकाल्न आफू प्रयासरत रहेको बताएको जानकारी गराए। 

 भेटमा अध्यक्ष दाहालले परम्परा, अभ्यास र संविधानको मूल मर्म र भावनानुरुप सहज ढङ्गले नै अघि बढ्नुपर्छ र बढ्छौँ भनेका थिए। भेटमा उनले अविश्वासको प्रस्ताव पारित भयो भने वर्तमान प्रधानमन्त्री स्वतः पदमुक्त हुने र नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्नुपर्छ भनेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि