2026-07-10 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको वर्तमान स्वरुप निर्माणमा थापाको योगदान अविस्मरणीय

असार ३०, हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।  मुख्यमन्त्री पौडेलले आज विज्ञप्ति  जारी गरी थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उहाँले पु¥याउनुभएको योगदानको चिरकालसम्म स्मरण रहिरहने बताउनुभएको छ । 

“उहाँको निधनले मकवानपुरे कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ । उहाँको सङ्घर्ष, त्याग र समर्पण आगामी पुस्ताका लागि प्रेरणादायी छ । पार्टीकाा थुप्रै क्रियाकलाप तथा जनवर्गीय सङ्गठनको निर्माणमा उहाँको ठूलो योगदान रहेको छ । यस दुःखद् क्षणमा आदरणीय थापाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ । 

थापाले आफ्नो घरलाई २०३५ सालदेखि प्रजातन्त्रको स्थापनासम्म पार्टीको गतिविधि सञ्चालन गर्ने सुरक्षित सेल्टरका रुपमा प्रयोग गर्नुभएको थियो । तत्कालीन समयमा नेकपा मालेका केन्द्रीय नेताहरु उहाँको घरमा सेल्टर लिनुहुन्थ्यो । भूमिगत समयमा उहाँका घरमा भएको पार्टीको बैठकबाट आन्दोलनको रणनीति बन्थे, महत्वपूर्ण निर्णय हुन्थ्यो । अनेमसङ्घको स्थापना उहाँकै घरमा भएको जनाइएको छ । थापाको सोमबार निधन भएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो