साउन ९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।

'प्रधानमन्त्रीज्यूले संसदमा सम्बोधन गर्नुहुनेछ र त्यसपछि र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।

'प्रधानमन्त्रीज्यूले संसदमा सम्बोधन गर्नुहुनेछ र त्यसपछि र"/>

2026-06-20 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले संसदमा सम्बोधनलगत्तै प्रधानमन्त्रीको पदबाट राजिनामा दिने

साउन ९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्। एक स्रोतबाट जानकारी भए अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि राजीनामा घोषणा गर्नेछन ।

यसैबीच केपी अाेली सरकारविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथि मतदान हुनु केही समय अगाडि बसेको मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि अस्पष्ट भएको भन्दै 'बाधा अड्काउ फुकाउ'का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । 

संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठनमा अप्ठेरो हुने भन्दै सरकारले संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो । 

नेपालको संविधान २०७२ को ३०५ मा बाधा अड्काउ फुकाउने अधिकार बारे यस्तो भनिएको छ:- 

यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ। त्यस्तो आदेश जारी भए पछि तत्काल बसेको व्यवस्थापिका–संसद वा संघीय संसद समक्ष अनुमोदनका लागि पेश गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ