कल्पना पौडेल | साउन ९, काठमाडौँ । प्रा.डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न गएकामध्ये समर्थकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कल्पना पौडेल | साउन ९, काठमाडौँ । प्रा.डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न गएकामध्ये समर्थकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । 
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

केसीका समर्थक प्रहरी नियन्त्रणमा

९ श्रावण २०७३, आईतवार ०६:१६

कल्पना पौडेल | साउन ९, काठमाडौँ । प्रा.डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न गएकामध्ये समर्थकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले उनीहरुलाई धरपकड गर्दै अमानवीय तरिकाले नियन्त्रणमा लिएकोे समर्थकले बताएका छन् । सोलिडारिटी फर जी केसी अलाइन्सको नेतृत्वमा प्रदर्शन गर्न गएका प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज गर्दा केही घाइतेसमेत भएको बताइएको छ । 

पक्राउपर्नेमा शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर बद्री अर्याल, डा सागर पोखरेल, विषद दाहाल, मिर्जा सिद्दीकी, विक्रम ओली, पदम जोशीलगायत १० जना पक्राउ परेको डा जीवन क्षेत्रीले जानकारी दिनुभयो । 

प्रहरीले नियन्त्रणमा लिएका समर्थकलाई तत्काल रिहा गर्न माग गर्दै भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब अगाडि डाक्टर तथा सर्वसाधारण नागरिक धर्ना बसिरहेका छन् । उनीहरुले प्रहरी प्रक्राउ गरेका कारणसहित उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । पुलिस क्लबको गेटमा धर्नामा बसेका उनीहरुले प्रहरी दमनको विरोधसमेत गरिरहेका छन् । 

डा क्षेत्रीले नियन्त्रणमा लिएका सबैलाई रिहा नगरेसम्म गेट अगाडि धर्ना जारी रहने उल्लेख गर्नुभयो । प्रहरीले नियन्त्रणमा लिए उनीहरुले प्रहरी दमनको विरोध गर्दै ३ बजेपछि पानीसमेत नखाने गरी भोक हडताल सुरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार