कल्पना पौडेल | साउन ९, काठमाडौँ । प्रा.डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न गएकामध्ये समर्थकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कल्पना पौडेल | साउन ९, काठमाडौँ । प्रा.डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न गएकामध्ये समर्थकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । 
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

केसीका समर्थक प्रहरी नियन्त्रणमा

२०७३, ९ श्रावण आईतवार ०६:१६

कल्पना पौडेल | साउन ९, काठमाडौँ । प्रा.डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न गएकामध्ये समर्थकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले उनीहरुलाई धरपकड गर्दै अमानवीय तरिकाले नियन्त्रणमा लिएकोे समर्थकले बताएका छन् । सोलिडारिटी फर जी केसी अलाइन्सको नेतृत्वमा प्रदर्शन गर्न गएका प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज गर्दा केही घाइतेसमेत भएको बताइएको छ । 

पक्राउपर्नेमा शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर बद्री अर्याल, डा सागर पोखरेल, विषद दाहाल, मिर्जा सिद्दीकी, विक्रम ओली, पदम जोशीलगायत १० जना पक्राउ परेको डा जीवन क्षेत्रीले जानकारी दिनुभयो । 

प्रहरीले नियन्त्रणमा लिएका समर्थकलाई तत्काल रिहा गर्न माग गर्दै भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब अगाडि डाक्टर तथा सर्वसाधारण नागरिक धर्ना बसिरहेका छन् । उनीहरुले प्रहरी प्रक्राउ गरेका कारणसहित उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । पुलिस क्लबको गेटमा धर्नामा बसेका उनीहरुले प्रहरी दमनको विरोधसमेत गरिरहेका छन् । 

डा क्षेत्रीले नियन्त्रणमा लिएका सबैलाई रिहा नगरेसम्म गेट अगाडि धर्ना जारी रहने उल्लेख गर्नुभयो । प्रहरीले नियन्त्रणमा लिए उनीहरुले प्रहरी दमनको विरोध गर्दै ३ बजेपछि पानीसमेत नखाने गरी भोक हडताल सुरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने