साउन ९, बीरगंज | तराई मधेशको जिल्लामा अविरल बर्षाले गर्दा आएको बाढीबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, बीरगंज | तराई मधेशको जिल्लामा अविरल बर्षाले गर्दा आएको बाढीबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराईको जिल्लाका बाढीपीढित जनतालाई तत्काल राहत उपलब्ध गराउन महतोको अपील

९ श्रावण २०७३, आईतवार ०७:३२

साउन ९, बीरगंज | तराई मधेशको जिल्लामा अविरल बर्षाले गर्दा आएको बाढीबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले अपील गरेका छन् । 

साथै महतोले आफ्ना संपूर्ण नेता कार्यकर्तालाई बाढी पीडित जनतालाई मदत पुर्याउने निर्देश पनि दिएका छन्। दुई दिने वीरगंज बसाई सकाएर सिमरा विमानस्थलबाट काठमाण्डौं फर्किने क्रममा पत्रकारहरू संग कुरा गर्दै सदभावना अध्यक्ष महतोले सरकारले बाढी पीडित जनताका लागि अहिले सम्म कुनै कदम नचालेको प्रति आपत्ति जनाएका छन्। पत्रकारहरू संग कुरा गर्दै महतोले अहिलोको सरकार राजनीतिक बाढीमा ढुब्न लागेको भन्दै आफू संगै जनतालाई नडुबाउन सुझाव दिएका छन्। “संसदमा आएको राजनीतिक बाढीमा ओली सरकार आफै डुब्दै छ“ महतोले भने “आफै डुब्दै गरेको सरकारले मधेशको जनतालाई कसरी बचाउन सकिन्छ ” । 

महतोले अल्पमतमा परि सकेको सरकारले धमाधम राजनीतिक नियुक्ति गर्ने र आफ्ना कार्यकर्तालाई पैसा बांड्ने फैसला गरि रहेको तर बाढी पीडित जनताको लागि केही नगरेको गुनासो गरेका छन्। उनले सरकार ढलि रहेको अवस्थामा तराई मधेशको बाढी पीडित जनताको लागि राष्ट्रपतिलाई यस सम्बन्धमा दख्खल दिन मांग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार