साउन ९, बीरगंज | तराई मधेशको जिल्लामा अविरल बर्षाले गर्दा आएको बाढीबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, बीरगंज | तराई मधेशको जिल्लामा अविरल बर्षाले गर्दा आएको बाढीबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले"/>

2026-06-20 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराईको जिल्लाका बाढीपीढित जनतालाई तत्काल राहत उपलब्ध गराउन महतोको अपील

साउन ९, बीरगंज | तराई मधेशको जिल्लामा अविरल बर्षाले गर्दा आएको बाढीबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले अपील गरेका छन् । 

साथै महतोले आफ्ना संपूर्ण नेता कार्यकर्तालाई बाढी पीडित जनतालाई मदत पुर्याउने निर्देश पनि दिएका छन्। दुई दिने वीरगंज बसाई सकाएर सिमरा विमानस्थलबाट काठमाण्डौं फर्किने क्रममा पत्रकारहरू संग कुरा गर्दै सदभावना अध्यक्ष महतोले सरकारले बाढी पीडित जनताका लागि अहिले सम्म कुनै कदम नचालेको प्रति आपत्ति जनाएका छन्। पत्रकारहरू संग कुरा गर्दै महतोले अहिलोको सरकार राजनीतिक बाढीमा ढुब्न लागेको भन्दै आफू संगै जनतालाई नडुबाउन सुझाव दिएका छन्। “संसदमा आएको राजनीतिक बाढीमा ओली सरकार आफै डुब्दै छ“ महतोले भने “आफै डुब्दै गरेको सरकारले मधेशको जनतालाई कसरी बचाउन सकिन्छ ” । 

महतोले अल्पमतमा परि सकेको सरकारले धमाधम राजनीतिक नियुक्ति गर्ने र आफ्ना कार्यकर्तालाई पैसा बांड्ने फैसला गरि रहेको तर बाढी पीडित जनताको लागि केही नगरेको गुनासो गरेका छन्। उनले सरकार ढलि रहेको अवस्थामा तराई मधेशको बाढी पीडित जनताको लागि राष्ट्रपतिलाई यस सम्बन्धमा दख्खल दिन मांग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ