२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजवादोन्मुख लक्ष्यका लागि कम्युनिष्ट एकतामा जोड

२०७७, ३ श्रावण शनिबार १२:२१

साउन ३, काठमाडौँ । आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक सङ्घले आज भर्चुअलरूपमा आयोजना गरेको ‘समाजवादोन्मुख प्रक्रियामा दार्शनिक चुनौती’ विषयक परिसंवादको ३४औँ शृङ्खलामा विश्लेषक श्याम श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र र शक्तिहरुबीच अन्तरविरोध हुनु आवश्यक भए पनि सबैले रुपान्तरित भएर साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा र स्वास्थ्यमा क्रान्ति कसरी गर्ने भन्नेमा वर्तमान कम्युनिष्ट सरकार र ठूलो कम्युनिष्ट दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बहस हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले भन्नुभयो, “एक जनालाई कुर्सीबाट हटाएर अर्काेलाई ल्याउनुपर्छ भन्ने मात्रै बहस छ, यस्तो बहसले कहीँ पुर्याउँदैन । मुलुकको रुपान्तरणका लागि नेकपाका लागि यो ठूलो अवसर हो, सरकारले बोलीमा मात्र नभई व्यवहारमै समाजवादोन्मुख कार्यक्रमलाई अगाडि नबढाए यो अवसर गुम्न सक्नेछ । कम्युनिष्टहरु रातो मूलाजस्तो बाहिर रातो र भित्र सेतो नभई बाहिर र भित्र पनि रातो हुने गाजरजस्तो हुनुपर्छ ।”

भाषा, संस्कृति र बजारमा सामन्तवाद र उपभोक्तावाद हाबी भइरहेको जनाउँदै श्रेष्ठले दृष्टिकोणमा ऐतिहासिक भौतिकवादी, चरित्रमा समाजवादी, व्यक्तिगत सम्पत्ति र अन्धविश्वासमा नअडिएर सामूहिकता र वैज्ञानिकतालाई मान्ने, मानव–मानवबीच भेदभाव नगर्ने र झुटो आश्वासन नदिनेलाई मात्रै कम्युनिष्ट पार्टीमा सदस्य बनाउनुपर्नेमा नेपालमा जसले पनि कम्युनिष्ट पार्टीको सदस्य पाउने स्थितिले भ्रष्ट पूँजीवादमा फसाउने उल्लेख गर्नुभयो । श्रेष्ठले विज्ञानका क्षेत्रमा धेरै विकास भए पनि लेनिनपछि माक्र्सवादी दर्शनका क्षेत्रमा कुनै विकास नभएको पनि बताउनुभयो ।

सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कृषि, शिक्षा र स्वास्थ्यमा रुपान्तरण अहिलेको आवश्यकता हो भन्दै सत्तामा रहेकाहरुको आँखा खोल्ने काम बुद्धिजीवी र प्रगतिशीलहरुको हुने भएकाले यस प्रकारको पहललाई निरन्तर राख्नुपर्ने बताउनुभयो । उहाँले धेरै ठूलो सङ्घर्षपछि झण्डै दुईतिहाइको सरकार बनेकाले यसले राष्ट्रियता र केही अन्य पक्षमा राम्रा काम गरेको र केही सुधारका काम हुन बाँकी रहेको स्थितिमा वर्तमान सरकारलाई किनारा लगाइहाल्ने सोच सही नहुने बताउनुभयो ।

सङ्घका उपाध्यक्ष एवं चिन्तक गोपीरमण उपाध्यायले नयाँ संविधान जारी भएको पाँच वर्ष भइसकेको सन्दर्भमा समाजवादी ध्येयका आधारमा दर्शन, साहित्य, कला, राजनीति र सबै क्षेत्रलाई बहसमा ल्याउनुपर्नेमा जोड दिनुभयो । सङ्घका महासचिव समीर सिंहले मुलुकमा समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने ? सांस्कृतिक रुपान्तरण कसरी गर्ने ? कम्युनिष्ट हुन पार्टीको सदस्य बन्नैपर्छ कि पर्दैन ? कम्युनिष्ट भएर तडकभडकयुक्त र खर्चिलो सामाजिक काम गर्ने कि नगर्ने ? नास्तिक र भौतिकवादीबीचको भिन्नता के हो ? आदि प्रश्नमा वैचारिक बहस गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा