Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा विवाद : सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याइने

२०७७, ३ श्रावण शनिबार १५:३३

साउन ३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

“बैठकमा पार्टीभित्र देखापरेका समस्याका बारेमा राम्रोसँग छलफल भएको छ । अझ छलफल गरेर पार्टी एकतालाई रक्षा र सृदृढ गर्ने र आजको समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेशअनुसार अगाडि बढ्ने विषयमा केन्द्रित भएको छ ।” उहाँले भन्नुभयो, “त्यो जनादेशअनुसार काम गर्ने गरी पार्टीको सङ्कट निवारण गर्न अझ थप छलफल गर्ने निष्कर्ष निकालेको छ ।”

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सचिवालयका अन्य सदस्यबीच अहिलेको पार्टीको सङ्कटलाई सहमतिका आधारमा निकास दिएर पार्टी एकताको रक्षा गर्ने र राष्ट्र तथा जनताले पार्टीलाई दिएको जिम्मेवारी पनि पूरा गर्नाका लागि थप गृहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने सहमतिसमेत भएको उहाँले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले दुवै अध्यक्षले पार्टीमा देखिएको सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउने बताउनुभयो । उहाँले स्थायी कमिटीमा र पार्टीमा देखापरेका विभिन्न विचारलाई पनि सम्बोधन गर्ने गरी कसरी सहमतिका आधारमा सम्बोधन गर्ने भनेर निकास निकाल्नका लागि छलफल जारी रहेको बताउनुभयो । 

सञ्चारकर्मीले  सोधेको प्रश्नमा उहाँले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने कुनै औपचारिक प्रस्ताव नबनेको बताउनुभयो । “पार्टीमा छलफलका क्रममा पार्टीका विभिन्न नेताले के गरेर आजको सङ्कट समाधान गरेर हाम्रो जिम्मेवारी पूरा गर्न सकिन्छ भनेर विभिन्न विचार प्रस्तुत गर्नुभएको हो”, उहाँले भन्नुभयो, “त्यो प्रस्ताव (प्रधानमन्त्रीले राजीनामा) विचार बनिसकेको अवस्था र निर्णथार्य प्रस्तुत भएको छैन ।”

उहाँका अनुसार बैठकमा भोलि (आइतबार) पूर्वानिर्धारित स्थायी कमिटीको बैठक अपराह्न ३ बजे नै जारी राख्ने सहमति भएको छ । गत असार १० गतेबाट जारी स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगन हुँदै आएको छ । सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । चार घण्टा बालुवाटारमा बसेको बैठकमा समग्र पार्टीको सङ्कटका बारेमा छलफल भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ