२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा

२०७७, ४ श्रावण आईतवार ११:२८

साउन ४, काठमाडौँ | नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक प्रक्रिया अघि बढाएको छ । महाधिवेशनको तालिकानुसार राज्य पुनःसंरचनाबमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ ।

हालसम्म ६७ जिल्लामा समायोजन सम्पन्न भइसकेको र बाँकी जिल्लाको पनि निर्धारित समयमै हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । समायोजन हुन बाँकी जिल्लामा समायोजनका लागि समयावधि थपिने कुनै सम्भावना नरहेको उहाँले स्पष्ट गर्नुभयो । 

काग्रेस केन्द्रीय कार्यसमितिको गत असार २२ गतेको बैठकले १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै यही साउन १० गतेभित्र समायोजन हुन बाँकी जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने मिति निर्धारण गरेको थियो ।  सो बैठकले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित महाधिवेशनको मिति कायम राख्दै समायोजन, कियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो । पछिल्लो तालिकानुसार गत असार २५ गतेदेखि यही साउनसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने समय तोकिएको छ । 

यसैगरी केन्द्रीय कार्यालयबाट हालसम्म ५५ जिल्लाले क्रियाशील सदस्यता फाराम लगिसकेको र बाँकी जिल्लामा पनि निर्धारित मितिमै  पुग्ने गरी काम भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस सङ्गठनमा सबैभन्दा महत्वपूर्ण सदस्यताका रुपमा लिइने क्रियाशील सदस्य हाल चार लाख ७० हजार छन् । 

विसं २०७४ को आमनिर्वाचनमा कांग्रेसमा समायोजन भएको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका थप २६ हजार क्रियाशील सदस्यलाई मान्यता दिने सहमति भएको थियो । काँग्रेसले अन्य पार्टीबाट प्रवेश गरेका सदस्य र संगठन सुदृढिकरणलाई मध्येनजर गरी आगामी महाधिवेशनमा हाल कायम क्रियाशील सदस्यको करिब ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले बताउनुभयो ।     

तालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि आगामी मङ्सिर २५ गते र केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मङ्सिर मसान्तभित्र तोकिएको छ । 

कांग्रेसले गाउँनगर वडा अधिवेशन आगामी पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते र प्रदेश अधिवेशन माघ ६ गते निर्धारण गरेको छ । 

कांग्रेसले यसअघि सार्वजनिक गरेको महाधिवेशन तालिकानुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य निर्धारण गरिएको भए पनि कोरोना भाइरस सङ्क्रमणका कारण स्थगन गर्नुपरेको थियो । कांग्रेसमा केहीले अझै पनि कोरोनाका कारण निर्धारित मितिमै महाविधेशन हुनेमा आशङ्का व्यक्त गर्ने गरेका छन् । पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको र कोरानाको प्रभाव पनि कमजोर बन्दै गएकाले निर्धारित मितिमै महाधिवेशन हुने विश्वास दिलाउनुभयो । 

कांग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टी विधानमा सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने र असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था छ । सोही व्यवस्थानुसार कांग्रेसले गत पुस ११ गते पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा