२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी बजेट कुम्ल्याउन सभासदद्धयले गरे फर्जी विल पेश

१० श्रावण २०७३, सोमबार ०६:२९

साउन १०, पर्वत । जिल्लाका दुई सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको डेढ करोड बजेट हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी लाखौं रकम कुम्ल्याएको खुल्न आएको छ । 

निर्वाचन क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नम्बर २ का सांसद विकास लम्सालले स्थानीय स्तरमा हुँदै नभएको योजना तयार पारी रकम भुक्तानी गरेको कुराले सनसनी मच्चिएको छ । कागजी फर्जी बिल बनाएर सांसदहरुले लाखौ रकम लिएको कुरा जिल्ला विकास समितिले हालै गरेको अनुगमनबाट खुलेको हो । 

जिविसका टोलीहरु गाउँ पुगेर बुझ्दा लम्सालले स्रोत नखुलेका योजनामा २० लाखभन्दा बढी रकम खर्च गरेको भेटिएको छ । उनले कृषि, वन, वातावरण तथा पशु विकास शीर्षकमा १८ लाख रुपैयाँ खर्च भएको देखाएकोलाई अनुगमन गर्दा फिल्डमा केही नदेखिएको अनुगमन टोलीले खुलासा गरेको छ । 

अनुगमनका लागि प्राविधिकसहित पुगेको टोलीहरुले भने–‘अनुगमन गर्दा खानीगाउँको नर्सरीका लागि भनी विनियोजित तीन लाख रकमको कुनै काम भएको देखिएन ।’ नर्सरी अनुगमन गर्न पुगेका प्राविधिकसहितको टोलीलाई लम्सालका स्वकीय सचिवले भूसंरक्षण कार्यालयको नर्सरी देखाएको अनुगमन टोली सदस्यले तथा बताए । 

‘डालेघाँसका बिरुवाको नर्सरी भनेर हेर्न गइयो,’ उनले भने, ‘त्यहाँ पुग्दा भू–संरक्षणले तीन वर्षअघि स्थापना गरेको नर्सरी देखाएपछि फर्जी योजना भन्ने पक्का भयो ।’ सांसदहरूको सूचीमा सूचीकृत कतिपय योजना गाउँमै नभेटिएको उनको भनाई छ । जिल्ला भूसंरक्षण कार्यालयले समेत उक्त नर्सरीमा सांसद लम्सालको कुनै लगानी नरहेको बताएको छ ।  

त्यसैगरी निर्वाचन क्षेत्र १ का सांसद जोशीले विभिन्न युवा क्लब र खेलकुद पूर्वाधार शीर्षकमा विनियोजन गरेको सात लाखमध्येको अधिकांश योजना झुटो भएका अनुगमन टोलीले बताएको छ ।  गाउँमा ‘सुनाखरी युवा क्लवलाई खेलकुद सामाग्री खरीद भनेर फर्जी बिल बनाई १ लाख रुपैयाँ लिएको पाईएको छ तर सो नामको गाउँमा क्लव नै नभेटिएको अनुगमन टोलीमध्येका एक सदस्यले जानकारी दिए । क्लव नै नभेटिएपछि जिविसले एक लाख रुपैयाँ रकम भुक्तानी गर्न रोकेको छ । 

केही योजनाहरु यस्ता छन् जसको कुनै स्रोत नखुलेपछि रकम निकासा नभई जिविसको बजेट फ्रिज भएको लेखा शाखाले जानकारी दिएको छ । क्लवको नाम पारेर पार्टीका कार्यकर्तालाई सरकारी रकम पोस्ने काम सभासदहरुले गरेको पाईएको छ ।

पूर्वाधार विकासका योजना कम्तीमा सात लाखका हुनुपर्ने प्रावधान भए पनि सांसदहरूले ४० हजारसम्मका योजना बाँडेको पाइएको छ । बजेटलाई खट्टे बाँड्दा झै बाडिएको भनी सभासदहरुको कार्यलाई कार्यकर्ताहरुले नै आलोचना गरेका छन् । 

सभासदका स्वकीय सचिवहरुले सभासदको बचाउ गर्दै केही कमजोरी भएको भएपनि फर्जी नै भने नभएको दावी गरेका छन् । स्थानीय विकास अधिकारी युवराज पौडेलले खुलेर फर्जी काण्डबारे नबोले पनि सो बारे गुनासो आएको स्वीकार गरे । सभासदले फर्जी विल बनाएर रकम लिएको बारे अध्ययन र अनुसन्धान गर्नुपर्ने भएको ए्रलडिओ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ