2026-07-10 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम भट्टराईका ५ प्रस्ताव : न्यायाधीशलाई महाअभियोग, ओलीको बिदाइ

साउन ९, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशमा बढिरहेको संकटबाट मुक्तिका लागि ५ वटा प्रस्ताव अघि सारेका छन् ।

नेता भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै संसद अधिवेसन बोलाउने र केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गरेका छन् । उनले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन पनि माग गरेका छन् । ‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं,’ भट्टराईले सारेका पाँच प्रस्तावमा भनिएको छ, ‘१. संसद अधिवेशन बोलाऊँ । २. केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं ।  ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ । ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं । ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।’

सर्वोच्च अदालतले श्रीमतीको हत्या गर्ने सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाको सजाय कम गरेर जेल मुक्त गरेको सन्दर्भमा भट्टराईले न्यायाधीशमाथि महाअभियोगको प्रस्ताव अगाडि सारेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो