१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैभन्दा बढी समावेशी सिद्धान्त कार्यान्वयन गरिएको छ: अध्यक्ष, मैनाली

१४ श्रावण २०७७, बुधबार ११:५१

साउन १४, काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले तीन संवैधानिक निकायका वार्षिक प्रतिवेदन अध्ययन गरी सुझाव पेश गर्न गर्न बेग्लाबेग्लै उपसमिति गठन गरेको छ ।

 समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सांसद रेखा शर्मा, निर्वाचन आयोगको सांसद यशोदा सुवेदी र सांसद विजय सुब्बा संयोजक रहनुभएको उपसमितिले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्नेछ । उपसमितिलाई १५ दिनभित्र वार्षिक प्रतिवेदन अध्ययन गरी सुझाव प्रस्तुत गर्न कार्यदेश दिइएको छ ।

यसअघि बैठकमा सदस्यले लोकसेवा आयोगको प्रतिवेदनमाथिको छलफलमा निजामती सेवाका कर्मचारीको नियुक्ति र बढुवाका लागि निष्पक्ष र स्वतन्त्रढङ्गबाट काम गर्दै आएको संवैधानिक अङ्गलाई सरकारको लाचार छायाँ बन्न दिन नहुने धारणा राख्नुभयो ।

केही सांसदले दक्षता, योग्यता र क्षमतावान् कर्मचारी छनोट गर्ने नाममा सामानुपातिक र समावेशी सिद्धान्तविपरीत गएर स्थानीय तहमा किन कर्मचारी भर्ना गरियो भनी आयोग पदाधिकारीसँग स्पष्टीकरण माग गर्नुभयो ।

पूर्वप्रशासक क्बलका रुपमा रही आएका संवैधानिक आयोगको गठनमा परिवर्तनको कुनै गुञ्जायस् देख्नुभएको छ भनी प्रश्न गर्दै सदस्यले आयोगबाट लिने परीक्षाको मापदण्ड घोकन्ते विद्यामा सीमित नगर्न सुझाव दिनुभयो । सांसदको जिज्ञासाको जवाफ दिँदै आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संविधानको भावनाअनुरुप समावेशी सिद्धान्त कडाइपूर्वक आयोगले लागू गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निजामती सेवामा समावेशी प्रतिनिधित्व क्रमश : बढ्दै गएको छ । तर निजामती सेवाको बढुवामा भने कहिल्यै मूल्याङ्कन विधि त्रुटिरहित र वस्तुगत हुन सकेन ।” निजामती सेवा प्रवेश र बढुवाका लागि लिइने खुला प्रतियोगिताको परीक्षामा उम्मेदवारले पाएको अङ्क हेर्न सकिने प्रविधिको विकास गरिएको बताउँदै अध्यक्ष मैनालीले निजामती सेवामा प्रवेश गर्ने उम्मेदवारको ज्ञान, सीप र प्रवृत्तिकोसमेत परीक्षण गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

 उहाँले भन्नुभयो, “सुशासनका सिद्धान्त उत्तरपुस्तिकामा भरिपूर्ण लेख्छन्, छनोट भएको भोलिपल्टै घुस खाएका भेटिन्छन्, नैतिकता भर्न सकिने विषय भएन, आफू बसेको घरको जग भत्काउने केही धमिरा, घन र किराले कहिलेकाहीँ आयोगलाई अप्ठ्यारो पारेका घटना भेटिन्छन्, तर उनीहरु कारवाहीको भागेदार भएरै छोड्छन् ।”

 निजामती सेवामा ५५ प्रतिशत खुला र ४५ प्रतिशत समावेशीसम्बन्धी व्यवस्था भए पनि कतिपय अवस्थामा उम्मेदवारी नहुने तथा परीक्षामा अनुत्तीर्ण भएका कारण १२ वर्षको नियुक्ति र पदपूर्तिको विश्लेषणबाट समावेशी सिट ३८ प्रतिशतमा सीमित रहेको सो अवसरमा जानकारी दिइयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण