2026-07-10 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैभन्दा बढी समावेशी सिद्धान्त कार्यान्वयन गरिएको छ: अध्यक्ष, मैनाली

साउन १४, काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले तीन संवैधानिक निकायका वार्षिक प्रतिवेदन अध्ययन गरी सुझाव पेश गर्न गर्न बेग्लाबेग्लै उपसमिति गठन गरेको छ ।

 समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सांसद रेखा शर्मा, निर्वाचन आयोगको सांसद यशोदा सुवेदी र सांसद विजय सुब्बा संयोजक रहनुभएको उपसमितिले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्नेछ । उपसमितिलाई १५ दिनभित्र वार्षिक प्रतिवेदन अध्ययन गरी सुझाव प्रस्तुत गर्न कार्यदेश दिइएको छ ।

यसअघि बैठकमा सदस्यले लोकसेवा आयोगको प्रतिवेदनमाथिको छलफलमा निजामती सेवाका कर्मचारीको नियुक्ति र बढुवाका लागि निष्पक्ष र स्वतन्त्रढङ्गबाट काम गर्दै आएको संवैधानिक अङ्गलाई सरकारको लाचार छायाँ बन्न दिन नहुने धारणा राख्नुभयो ।

केही सांसदले दक्षता, योग्यता र क्षमतावान् कर्मचारी छनोट गर्ने नाममा सामानुपातिक र समावेशी सिद्धान्तविपरीत गएर स्थानीय तहमा किन कर्मचारी भर्ना गरियो भनी आयोग पदाधिकारीसँग स्पष्टीकरण माग गर्नुभयो ।

पूर्वप्रशासक क्बलका रुपमा रही आएका संवैधानिक आयोगको गठनमा परिवर्तनको कुनै गुञ्जायस् देख्नुभएको छ भनी प्रश्न गर्दै सदस्यले आयोगबाट लिने परीक्षाको मापदण्ड घोकन्ते विद्यामा सीमित नगर्न सुझाव दिनुभयो । सांसदको जिज्ञासाको जवाफ दिँदै आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संविधानको भावनाअनुरुप समावेशी सिद्धान्त कडाइपूर्वक आयोगले लागू गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निजामती सेवामा समावेशी प्रतिनिधित्व क्रमश : बढ्दै गएको छ । तर निजामती सेवाको बढुवामा भने कहिल्यै मूल्याङ्कन विधि त्रुटिरहित र वस्तुगत हुन सकेन ।” निजामती सेवा प्रवेश र बढुवाका लागि लिइने खुला प्रतियोगिताको परीक्षामा उम्मेदवारले पाएको अङ्क हेर्न सकिने प्रविधिको विकास गरिएको बताउँदै अध्यक्ष मैनालीले निजामती सेवामा प्रवेश गर्ने उम्मेदवारको ज्ञान, सीप र प्रवृत्तिकोसमेत परीक्षण गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

 उहाँले भन्नुभयो, “सुशासनका सिद्धान्त उत्तरपुस्तिकामा भरिपूर्ण लेख्छन्, छनोट भएको भोलिपल्टै घुस खाएका भेटिन्छन्, नैतिकता भर्न सकिने विषय भएन, आफू बसेको घरको जग भत्काउने केही धमिरा, घन र किराले कहिलेकाहीँ आयोगलाई अप्ठ्यारो पारेका घटना भेटिन्छन्, तर उनीहरु कारवाहीको भागेदार भएरै छोड्छन् ।”

 निजामती सेवामा ५५ प्रतिशत खुला र ४५ प्रतिशत समावेशीसम्बन्धी व्यवस्था भए पनि कतिपय अवस्थामा उम्मेदवारी नहुने तथा परीक्षामा अनुत्तीर्ण भएका कारण १२ वर्षको नियुक्ति र पदपूर्तिको विश्लेषणबाट समावेशी सिट ३८ प्रतिशतमा सीमित रहेको सो अवसरमा जानकारी दिइयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो