२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसङ्घले अझै पूर्णता पाएन

२०७७, १५ श्रावण बिहीबार ०४:१६

अच्युत रेग्मी । साउन १५, काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।  विस २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसङ्घको १२ औँ महाधिवेशन सम्पन्न गर्ने गरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।  

विसं २०७३ साउनमा सम्पन्न सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२ औँ निर्वाचन गर्न नसकेपछि विसं २०७५ माघमा राजीनामा दिनुभएको थियो । उहाँको राजिनामासँगै सङ्घको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको रह्यो । करिव १३ महिनापछि ३२ वर्ष बढी उमेरका ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन भएको थियो । 

समितिमा हाल अध्यक्ष ढुङ्गाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे हुनुहुन्छ । सङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ ले पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेको आरोप लगाउनुहुन्छ ।

सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको उहाँको भनाइ छ । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी सङ्गठन यो अवस्थामा आउनु दुःखद् भएको जानकारी दिनुहुन्छ । बाँकी कार्यसमिति तत्काल मनोनीत गरेर १२ औँ महाधिवेशनमा जानुपर्ने उहाँको भनाई छ । 

सङ्घका अध्यक्ष ढुङ्गाना कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले विद्यालय तथा क्याम्पस बन्द हुँदा अधिवेशनका प्रक्रिया अगाडि बढाउन नसकेको बताउनुहुन्छ । सङ्घ पूर्व कार्यसमितिका विभिन्न नेताले उपत्यका तथा जिल्लामा एकलौटी ढङ्गले निर्माण गरेको समिति पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि नै विघटन गरिसकेको छ ।  महामन्त्री भट्टराई पार्टीले पूर्ण समिति नल्याएका कारण महाधिवेशन प्रक्रिया अगाडि बढाउन नसकेको हो भन्नुहुन्छ । समितिलाई पूर्णता दिएसँगै सङ्घलाई महाधिवेशन उन्मुख बनाउने उहाँको भनाइ छ । 

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको सङ्घको कार्यसमितिले पूर्णता नपाउँदा ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको सङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गर्नुभयो । पहिलो अध्यक्ष विपिन कोइराला हुनुुहुन्थ्यो । स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्ष सर्वसम्मत नेतृत्व लिएको पाइन्छ । सङ्घको ५० वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरु अध्यक्षले समयमा अधिवेशन गर्न सक्नुभएको थिएन । विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । 

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचित अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सक्नुभएन । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको तदर्थ समितिलाई चाँडो पूर्णता दिनेबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु