२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन

१८ श्रावण २०७७, आईतवार १५:४६

साउन १८, रुपन्देही | प्रदेश नं ५ को प्रदेशसभामा आज सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच भनाभन भएको छ । रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेशसभामा  प्रवेश पाएपछि दुई पक्षबीच भनाभन भएको हो । 

प्रदेशसभाको विशेष समयमा बोल्दै विपक्षी दल नेपाली काँग्रेसकी प्रदेशसभाका सदस्य पुष्पा थरुनीले धर्म, संस्कृतिको  संरक्षणका लागि जनताको अधिकार कुल्चन खाजेको जिकिर गर्दै पवित्र धार्मिकस्थल मानिएको अन्त्येष्टीस्थललाई शुद्धोधन गाँउपालिकाले जर्बजस्ती हटाउन खोजेको आरोप लगाउनुभयो । 

प्रदेशसभाका सदस्य तुलसी चौधरीले राजनीतिक व्यक्तिबाहेक शिक्षक कृष्णप्रसाद चौधरीसमेत तोडफोडमा संलग्न रहेकाले विभागीय कारबाहीको माग गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड हुँदा पनि प्रहरी मुकदर्शक बनेको उल्लेख गर्नुभयो । उहाँले घटना हुन लागेको विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिँदादिँदै पनि नियोजित रुपमा पार्कको तोडफोड भएकाले प्रजिअमाथि पनि प्रश्न उठाउन आवश्यक भएको बताउनुभयो । 

चौधरीले विकास निर्माणको काम देख्न नसकेकाले नेपाली काँग्रेसले बाँदरे प्रवृत्ति देखाएको आरोप लगाउँदै पालिकाको गुरुयोजनानुसार पार्क निर्माण भएको बताउनुभयो । सो पार्क प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको थियो । पार्कको लागत रु एक करोड ३० लाख रहेको छ । 

प्रदेशसभाका सदस्य तुलाराम घर्तीमगरले सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्र भासिएको अवस्थामा रहेको उल्लेख गर्दै राजमार्गका कारण बुटवलसँग गुल्मी, अर्घाखाँची र पाल्पाको सम्पर्क विच्छेद हुने सम्भावना देखिएको बताउनुभयो । उहाँले पाल्पाको तिनाउ गाउँपालिकामा रहेको खानी क्षेत्रमा जाने पहुँच मार्ग लापरबाही ढङ्गले निर्माण भएको बताउँदै सडकको व्यवस्थापनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रदेशसभाका सदस्य तिलकराम शर्माले विसं ०७१ सालदेखिका बाढीपीडितले राहत नपाएको उल्लेख गर्दै बाढी र डुबानको समस्यालाई सरकारले प्राथमिकता दिन आवश्यक भएको बताउनुभयो  । प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले किसानका लागि रासायनिक मलको स्थायी समाधान खोज्न आग्रह गर्दै मलका कारण धानको उत्पादनमा ह्रास आउने सम्भावना भएको बताउनुभयो । 

सदस्य रुन्धावती शर्माले मलको अभाव हटाउन आग्रह गर्दै हिन्दूको पर्व रक्षाबन्धनमा सार्वजनिक बिदाको माग गर्नुभयो । सदस्य दिपेन्द्रकुमार अधिकारीले सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा  वर्षाले केराखेती र उखुबाली नष्ट गरेको जानकारी दिँदै त्यस क्षेत्रमा एक हजार ५०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भन्नुभयो ।  सदस्य इन्द्र खरेलले मलको अभाव अन्त्य हुन्छ वा हुँदैन सरकारको स्पष्ट जवाफ आउनुपर्ने बताउनुभयो । प्रदेशसभामा सदस्यहरु युवराज खनाल, रमा अर्याल, सन्तोष पाण्डेलगायतले प्रदेश सरकारलाई विभिन्न सुझाव दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य