२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन

२०७७, १८ श्रावण आईतवार १५:४६

साउन १८, रुपन्देही | प्रदेश नं ५ को प्रदेशसभामा आज सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच भनाभन भएको छ । रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेशसभामा  प्रवेश पाएपछि दुई पक्षबीच भनाभन भएको हो । 

प्रदेशसभाको विशेष समयमा बोल्दै विपक्षी दल नेपाली काँग्रेसकी प्रदेशसभाका सदस्य पुष्पा थरुनीले धर्म, संस्कृतिको  संरक्षणका लागि जनताको अधिकार कुल्चन खाजेको जिकिर गर्दै पवित्र धार्मिकस्थल मानिएको अन्त्येष्टीस्थललाई शुद्धोधन गाँउपालिकाले जर्बजस्ती हटाउन खोजेको आरोप लगाउनुभयो । 

प्रदेशसभाका सदस्य तुलसी चौधरीले राजनीतिक व्यक्तिबाहेक शिक्षक कृष्णप्रसाद चौधरीसमेत तोडफोडमा संलग्न रहेकाले विभागीय कारबाहीको माग गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड हुँदा पनि प्रहरी मुकदर्शक बनेको उल्लेख गर्नुभयो । उहाँले घटना हुन लागेको विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिँदादिँदै पनि नियोजित रुपमा पार्कको तोडफोड भएकाले प्रजिअमाथि पनि प्रश्न उठाउन आवश्यक भएको बताउनुभयो । 

चौधरीले विकास निर्माणको काम देख्न नसकेकाले नेपाली काँग्रेसले बाँदरे प्रवृत्ति देखाएको आरोप लगाउँदै पालिकाको गुरुयोजनानुसार पार्क निर्माण भएको बताउनुभयो । सो पार्क प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको थियो । पार्कको लागत रु एक करोड ३० लाख रहेको छ । 

प्रदेशसभाका सदस्य तुलाराम घर्तीमगरले सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्र भासिएको अवस्थामा रहेको उल्लेख गर्दै राजमार्गका कारण बुटवलसँग गुल्मी, अर्घाखाँची र पाल्पाको सम्पर्क विच्छेद हुने सम्भावना देखिएको बताउनुभयो । उहाँले पाल्पाको तिनाउ गाउँपालिकामा रहेको खानी क्षेत्रमा जाने पहुँच मार्ग लापरबाही ढङ्गले निर्माण भएको बताउँदै सडकको व्यवस्थापनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रदेशसभाका सदस्य तिलकराम शर्माले विसं ०७१ सालदेखिका बाढीपीडितले राहत नपाएको उल्लेख गर्दै बाढी र डुबानको समस्यालाई सरकारले प्राथमिकता दिन आवश्यक भएको बताउनुभयो  । प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले किसानका लागि रासायनिक मलको स्थायी समाधान खोज्न आग्रह गर्दै मलका कारण धानको उत्पादनमा ह्रास आउने सम्भावना भएको बताउनुभयो । 

सदस्य रुन्धावती शर्माले मलको अभाव हटाउन आग्रह गर्दै हिन्दूको पर्व रक्षाबन्धनमा सार्वजनिक बिदाको माग गर्नुभयो । सदस्य दिपेन्द्रकुमार अधिकारीले सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा  वर्षाले केराखेती र उखुबाली नष्ट गरेको जानकारी दिँदै त्यस क्षेत्रमा एक हजार ५०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भन्नुभयो ।  सदस्य इन्द्र खरेलले मलको अभाव अन्त्य हुन्छ वा हुँदैन सरकारको स्पष्ट जवाफ आउनुपर्ने बताउनुभयो । प्रदेशसभामा सदस्यहरु युवराज खनाल, रमा अर्याल, सन्तोष पाण्डेलगायतले प्रदेश सरकारलाई विभिन्न सुझाव दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु