१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै मिलेर महामारीको सामना गरौँ : प्रधानमन्त्री

२० श्रावण २०७७, मंगलवार १२:११

साउन २०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताउनुभएको छ । महामारी र राष्ट्रिय सङ्कटमा विरोध गर्नेभन्दा पनि सामना गर्नेतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा उहाँले महामारी सबैको साझा चुनौती भएकाले त्यसलाई मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको जोडबलले मात्र सफलता प्राप्त नहुने बताउँदै जनतामा चेतना जगाउन सक्यो भने यसविरुद्धको लडाइँमा छिटो सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

“कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रण गर्न सरकारको प्रयासले मात्र सम्भव छैन । जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाइँ जित्न त्यति सजिलो हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले यस्ता राष्ट्रिय सङ्कट र महामारीलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति बढेकाले यस्तो प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध, कहिले लकडाउन किन नगरेको भनेर विरोध, कहिले किन लकडाउन नखोलेको भनेर विरोध हुँदै आएको छ, त्यो प्रवृत्ति परिवर्तन हुनुपर्छ ।” सामाजिक अनुशासनले कोरोना पराजित गर्न मद्दत पुग्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसाबले कमजोर रहेको अवस्थामा पनि सबै प्रबन्ध गरेर कोभिड–१९ नियन्त्रण र रोकथाम लागि प्रभावकारी कदम चालेको बताउनुभयो । “हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेका होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसाबले हामी कमजोर थियौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशको तुलनामा सफलता हासिल गरेका छौँ ।”

उहाँले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविकरुपमा लिने भन्दै फरक आस्था र विश्वासकै कारण राम्रो कामको विरोध गर्ने प्रवृत्तिसँग भने सजग रहनुपर्ने बताउनुभयो । “जनताका सामान्य असन्तुष्टि र आक्रोशलाई स्वभाविक मान्न सकिन्छ, तर जे ग¥यो त्यसको आँखा चिम्लेर विरोध गर्ने जुन परिपाटी छ, त्यसले सही बाटो देखाउँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विरोध एउटा विषयमा गरेको हुन्छ, विरोधको उद्देश्य अर्कै कुरासँग गाँसिएको हुन्छ । भर्खर गाउँगाउँमा निकासा दिएको रकमको हिसाब खै भन्ने शैलीको विरोध हुन्छ ।” उहाँले असल कामको समर्थन र गलत कामको विरोध गरे विरोधको नैतिक हैसियत रहने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पिसिआर परीक्षण गर्न सक्ने गरी ल्याब स्थापना गरिएको र हालसम्म चार लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागीता थियो । 

रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण