साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले जनताको घरदैलामा सरकारी सेवा पुग्ने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएको छ । 

का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले जनताको घरदैलामा सरकारी सेवा पुग्ने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएको छ । 

का"/>

2026-07-10 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायको संरचना व्यावहारिक बनाउन जोड

साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले जनताको घरदैलामा सरकारी सेवा पुग्ने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएको छ । 

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रस्तावअनुसार निर्धारण गरिएको गाविसको सङ्ख्या व्यावहारिक नभएको निष्कर्ष निकालेको हो । 

संविधानले गाउँपालिकालाई महत्वपूर्ण अधिकार दिएको परिस्थितिमा गाविसलाई स्रोतसाधन र जनशक्तिले सम्पन्न बनाउनुपर्ने पार्टीको निष्कर्ष रहेको छलफलमा सहभागी नेता बालकृष्ण खाणले जानकारी दिए । 

बैठकमा गाविसको क्षेत्रफल ठूलो हुँदा जनतालाई सेवा लिन लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हुने भएकाले यसमा पुनःविचार गर्नुपर्ने बारेमा छलफल भएको थियो । पार्टीले स्थानीय निकायको सङ्ख्या, भूगोल र जनसङ्ख्याबीच समन्वय हुने गरी व्यावहारिक बनाउनुपर्ने धारणा बनाएको र त्यस बारेमा अन्य सरोकार भएका निकायसँग पनि छलफल गरिने नेता खाणले  बताए । 

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, महेश आचार्य लगायत सहभागी भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो