१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनता आफैँले पनि स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ’

३० श्रावण २०७७, शुक्रबार १३:४४

साउन ३०, काठमाडौँ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफू पनि सचेत भएर लाग्नुपर्ने जोड दिनुभएको हो ।  

“नागरिक समाज, राजनीतिक दलले पनि आफ्ना तर्फबाट सचेतता अपनाउँदै कोरोना सङ्क्रमणको रोकथामका निम्ति अभियान चलाउनुपर्छ”, उहाँले भन्नुभयो, “भारतमा तीव्र गतिमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको असर स्वतः हामीलाई पर्छ हामी अब सचेत हुनु जरुरी छ ।” उहाँले कोरोना सङ्क्रमणका लागि बिरामीको उपचार गर्न आवश्यक पर्ने औषधि, उपकरणलगायत सामग्रीको सरकारले तत्काल व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

“क्वारेन्टिनको व्यापक व्यवस्थापन गर्नुपर्यो, बिरामीका निम्ती भेन्टिलेटरलगायत आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको व्यवस्था  गर्ने जुन काम हुनुपर्ने थियो, त्यो काम भएको छैन”, डा भट्टराईले भन्नुभयो, “त्यसका  सरकारले नियोजित र  व्यवस्थित ढङ्गले काम गर्न सकेको छैन ।” उहाँले सरकारले समयमै सचेत ढङ्गले कोरोना रोकथामका लागि नलाग्ने हो भने स्थिति जटिल बन्दै जाने बताउनुभयो ।

विश्वमा सबैभन्दा बढी सङ्क्रमित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्दै गएको पाइएकाले उहाँले त्यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्ने भएकाले बेलैमा सबै सतर्क हुनुपर्ने उल्लेख गर्नुभयो । 

डा भट्टराईले आजै एक कार्यक्रमबीच गोरखा अस्पताललाई रगत परीक्षण गर्ने प्रयोशाला मेसिन हस्तान्तरण गर्नुभएको छ । उहाँले चीनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त प्रयोगशाला मेसिन अस्पताल सञ्चालका समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गर्नुभएको हो । करीब रु सात लाख पर्ने उक्त उपकरणले एकै पटकमा ३६ वटा नमूना परीक्षण गर्न सक्ने अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण