२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति देउवाद्वारा बेपत्ता व्यक्तिको चाँडो उद्धार गर्न माग

२०७७, ३० श्रावण शुक्रबार १३:४८

साउन ३०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर पहिरामा परी बेपत्ता व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न र घाइतेको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालीकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरामा परी बेपत्ता व्यक्तिको  उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै  घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन पनि  अनुरोध गरिएको छ  ।

पूर्वप्रधानमन्त्री देउवाले पहिरामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पहिराका कारण घरबास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि उहाँले सरकारसँग माग गर्नुभएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु