साउन ११, काठमाडौँ । सरकारले स्वास्थ्य सेवा कर्मचारीलाई दिने स्वेच्छिक अवकाशमा पाउने रकमबाट २५ प्रतिशत कर लाग्ने भएपछि कर्मचारीले त्यसको विरोध गरेका छन् । 

उनीहरुले सरकारले अवकाशका लागि निवेदन माग्दा यति कर लाग्छ भनेर नभन्दा अहिले अवकाश "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । सरकारले स्वास्थ्य सेवा कर्मचारीलाई दिने स्वेच्छिक अवकाशमा पाउने रकमबाट २५ प्रतिशत कर लाग्ने भएपछि कर्मचारीले त्यसको विरोध गरेका छन् । 

उनीहरुले सरकारले अवकाशका लागि निवेदन माग्दा यति कर लाग्छ भनेर नभन्दा अहिले अवकाश "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वेच्छिक अवकाश लिने कर्मचारी विरोधमा

२०७३, ११ श्रावण मंगलवार ०६:३८

साउन ११, काठमाडौँ । सरकारले स्वास्थ्य सेवा कर्मचारीलाई दिने स्वेच्छिक अवकाशमा पाउने रकमबाट २५ प्रतिशत कर लाग्ने भएपछि कर्मचारीले त्यसको विरोध गरेका छन् । 

उनीहरुले सरकारले अवकाशका लागि निवेदन माग्दा यति कर लाग्छ भनेर नभन्दा अहिले अवकाश लिने ५०० कर्मचारी मर्कामा परेको गुनासो गरे । स्वेच्छिक अवकाश लिनेमध्येका एक जनस्वास्थ्य निरीक्षक वासुदेव गौतमले सरकारले अन्यायमा पारेको बताउँदै कर छुट नभए रकम बुझ्ने बताए । 

उनीहरुले आफूहरु नेपाल सरकारले तोकेको कर तिर्न तयार भए पनि पाउने रकमकै आधा जसो कर तिर्नुपरेपछि समस्या पर्ने दुखेसो गरे । 

अर्का कर्मचारी जनस्वास्थ्य अधिकृत कृष्ण थापाले भने, “यो रकम एक वर्षको मात्र नभई सात वर्षको हो । यसपछि हामीले केही पाउँदैनौँ । सबै रकम कर तिर्दा सकेपछि हामीले पाउने त रु” 

स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालले अवकाशको आह्वान गर्दासम्म पनि यति धेरै कर लाग्ने कुरा थाहा नभएको बताए । उनले भने “यो कर प्रतिशत धेरै नै हो । पहिला हामीलाई पनि यति कर लाग्छ भन्ने थाहा भएन । यो वास्तवमै अन्यायपूर्ण छ ।” 

स्वास्थ्य सेवा ऐन दफा ९ (ग) बमोजिम एक पटकलाई स्वेच्छिक अवकाश योजना ल्याउने व्यवस्थाबमोजिम एक हजार ७२ जनाले स्वेच्छिक अवकाशका लागि आवेदन दिएका थिए । तीमध्ये १३५ जनाले आवेदन फिर्ता दिएका थिए । त्यसका लागि स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको संयोजकत्वमा सामान्य प्रशासन मन्त्रालय, निजामती किताबखाना, निवृतभत्ता व्यवस्थापन कार्यालय, पेन्सनपट्टा व्यवस्थापन कार्यालय र मन्त्रालयका कानुन प्रमुख र लेखा प्रमुख रहेको समिति बनेको थियो । सरकारले मन्त्रिपरिषद्को २०७३ साल असार २६ गतेको बैठकले ५०० कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरेको थियो । 

अवकाश लिनेमा बिरामी अशक्त ६०, काउन्सिल दर्ता नभएका १४० र जेष्ठताको आधारमा ३०० जना कर्मचारीले अवकाशका लागि आवेदन दिएका थिए । बिरामीबाहेक अन्य ५० वर्षभन्दा माथिका कर्मचारी रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु