साउन ११, काठमाडौँ  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ 
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मर्माहत

२०७३, ११ श्रावण मंगलवार ११:४१

साउन ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही दिनदेखि देशका विभिन्न भागमा आएको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबाट आफू अन्यन्तै मर्माहत भएको बताउनुभएको छ । 

बाढी पहिरोको कारण विपत्तिमा परेकाहरुको उद्धारका लागि प्रशासन र सबै सुरक्षा अङ्गलाई निर्देशन दिइसकेको प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस संयोजक चेतन अधिकारीद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ । 

प्रधानमन्त्री ओलीले यस दुःखको घडीमा विपत्तिमा परेकाहरुको उद्धार तथा राहातमा जुट्न सम्पूर्ण सङ्घ, संस्था र नागरिकमा सहयोगी हात बढाउनसमेत आग्रह गर्नुभएको छ । सरकारले आपत्तकालीन उद्धारका लागि देशका विभिन्न ठाउँमा हेलिकप्टर तैनाथ गरेको र सुरक्षा निकायलाई पनि उच्च सतर्कता साथ राखेको प्रधानमन्त्रीले जनाउनुभएको छ । 

बाढी पहिरोमा परी घाइते भएकाको उपचारको व्यवस्था गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिइसकिएको प्रेस नोटमा उल्लेख छ । 

प्रधानमन्त्रीले यस प्राकृतिक विनासको कारणले ज्यान गुमाएकाहरुमा श्रद्धान्जलि एवम् घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहातका कार्य एवम् घाइेतको उपचारमा सरकारका तर्फबाट सम्भव सबै स्रोत, साधन र उपाय अवलम्बन गरिने विश्वास दिलाउनुभएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु