प्रकाश सिलवाल/साउन १२, काठमाडौँ  । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश सिलवाल/साउन १२, काठमाडौँ  । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट ल"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली’उच्चारण गरेपछि…

२०७३, १२ श्रावण बुधबार ०३:३८

प्रकाश सिलवाल/साउन १२, काठमाडौँ  । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ ।’’ 

यही साउन १० गते राजीनामा दिएका प्रधानमन्त्री ओलीले थपे, ‘‘यो खसीका साँप्रा लिएर समाजका ठूला ठालुकोमा दसैँमा टीका थाप्न वा नजराना चढाउन जाने समय होइन, यो एक्काइसौँ शताब्दी हो । सुन्दर नेपाल सबै अप्ठ्यारा सामना गरेर समृद्धिको बाटोमा अघि बढ्छ ।’’ 

प्रधानमन्त्री ओलीको राजीनामापछि केही भारतीय सञ्चारमाध्यमले त्यहाँ खुसीयाली छाएको समाचार सम्प्रेषण गरेका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विभिन्न साहित्यिक तथा सांस्कृतिक पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा करिब तीन दर्जन स्रष्टालाई पुरस्कृत गरेपछि प्रधानमन्त्री ओलीले घरघरमा आँसुकवि र प्रतिभा भएकाले मुलुकका रुपमा नेपाललाई चित्रित गर्दै यसले कसैलाई आफ्नो पिठ्युँमा चढ्न नदिएर स्वतन्त्रताको गौरवगाथा बनाएको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले नेपाली समाजको सुन्दरता अनुसारको लयबद्ध विकास हुन नसक्नु दुर्भाग्य हो भन्दै ‘कहिलेकाँही अरुले सुई लगाइदिएर समाज भड्किने र मानिस उचालिने स्थिति’ रहेकामा चिन्ता प्रकट गरे । 

‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ…’ बोलको राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हाम्रा नेताले यो गीत नगाए पनि मनमा सम्झिदिए हुन्थ्यो ।’’ प्रधानमन्त्रीको सो मन्तव्यप्रति नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उपस्थित सहभागीले तालीको गड्गडाहटबाट स्वागत गरेका थिए । 

प्रतिभा पुरस्कृत 

कार्यक्रममा यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधामा प्रा डा कृष्णबहादुर थापा, सङ्गीत/नाट्यमा विष्णुभक्त फुयाँल, ललितकलामा अजितकुमार शाह र भाषा साहित्यमा सरोजकुमार ओलीलाई प्रदान गरियो । ती पुरस्कारको राशि जनही रु एक लाख छ । यस्तै ती तीन विधामा पाँच विकास क्षेत्रका पाँच/पाँच जना स्रष्टालाई रु पचास हजारको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरियो । 

यस्तै जनही रु एक लाख राशिको महाकवि देवकोटा पुरस्कार बाल साहित्य तथा लोकसाहित्यमा डा हंसपुरे सुवेदी, निबन्धमा हेमनाथ पौडेल, गद्याख्यानमा माया ठकुरी र कवितामा मेघराज नेपाल (मञ्जुल) ले प्राप्त गरे । 

यसै वर्षबाट स्थापना भएको ‘भगत सर्वजति मानव मर्यादा राष्ट्रिय पुरस्कार’ अन्तर्गत दलित मुक्ति आन्दोलनमा पद्मसिंह विश्वकर्मा (मरणोपरान्त), सीप, कला र संस्कृतिमा पदम सुन्दास तथा समाज सुधार अभियानका क्षेत्रमा डा मोदनाथ प्रश्रितलाई प्रदान गरियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विभिन्न विधामा पुरस्कारका लागि आवेदन वा सिफारिस आह्वान गरी विज्ञसहितको चयन समितिको छनोटका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए । 

विभिन्न प्रज्ञा प्रतिष्ठानका कुलपति र प्राज्ञका संयोजत्वमा चयन समिति गठन भएको मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने