प्रकाश सिलवाल/साउन १२, काठमाडौँ  । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश सिलवाल/साउन १२, काठमाडौँ  । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट ल"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली’उच्चारण गरेपछि…

१२ श्रावण २०७३, बुधबार ०३:३८

प्रकाश सिलवाल/साउन १२, काठमाडौँ  । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ ।’’ 

यही साउन १० गते राजीनामा दिएका प्रधानमन्त्री ओलीले थपे, ‘‘यो खसीका साँप्रा लिएर समाजका ठूला ठालुकोमा दसैँमा टीका थाप्न वा नजराना चढाउन जाने समय होइन, यो एक्काइसौँ शताब्दी हो । सुन्दर नेपाल सबै अप्ठ्यारा सामना गरेर समृद्धिको बाटोमा अघि बढ्छ ।’’ 

प्रधानमन्त्री ओलीको राजीनामापछि केही भारतीय सञ्चारमाध्यमले त्यहाँ खुसीयाली छाएको समाचार सम्प्रेषण गरेका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विभिन्न साहित्यिक तथा सांस्कृतिक पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा करिब तीन दर्जन स्रष्टालाई पुरस्कृत गरेपछि प्रधानमन्त्री ओलीले घरघरमा आँसुकवि र प्रतिभा भएकाले मुलुकका रुपमा नेपाललाई चित्रित गर्दै यसले कसैलाई आफ्नो पिठ्युँमा चढ्न नदिएर स्वतन्त्रताको गौरवगाथा बनाएको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले नेपाली समाजको सुन्दरता अनुसारको लयबद्ध विकास हुन नसक्नु दुर्भाग्य हो भन्दै ‘कहिलेकाँही अरुले सुई लगाइदिएर समाज भड्किने र मानिस उचालिने स्थिति’ रहेकामा चिन्ता प्रकट गरे । 

‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ…’ बोलको राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हाम्रा नेताले यो गीत नगाए पनि मनमा सम्झिदिए हुन्थ्यो ।’’ प्रधानमन्त्रीको सो मन्तव्यप्रति नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उपस्थित सहभागीले तालीको गड्गडाहटबाट स्वागत गरेका थिए । 

प्रतिभा पुरस्कृत 

कार्यक्रममा यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधामा प्रा डा कृष्णबहादुर थापा, सङ्गीत/नाट्यमा विष्णुभक्त फुयाँल, ललितकलामा अजितकुमार शाह र भाषा साहित्यमा सरोजकुमार ओलीलाई प्रदान गरियो । ती पुरस्कारको राशि जनही रु एक लाख छ । यस्तै ती तीन विधामा पाँच विकास क्षेत्रका पाँच/पाँच जना स्रष्टालाई रु पचास हजारको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरियो । 

यस्तै जनही रु एक लाख राशिको महाकवि देवकोटा पुरस्कार बाल साहित्य तथा लोकसाहित्यमा डा हंसपुरे सुवेदी, निबन्धमा हेमनाथ पौडेल, गद्याख्यानमा माया ठकुरी र कवितामा मेघराज नेपाल (मञ्जुल) ले प्राप्त गरे । 

यसै वर्षबाट स्थापना भएको ‘भगत सर्वजति मानव मर्यादा राष्ट्रिय पुरस्कार’ अन्तर्गत दलित मुक्ति आन्दोलनमा पद्मसिंह विश्वकर्मा (मरणोपरान्त), सीप, कला र संस्कृतिमा पदम सुन्दास तथा समाज सुधार अभियानका क्षेत्रमा डा मोदनाथ प्रश्रितलाई प्रदान गरियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विभिन्न विधामा पुरस्कारका लागि आवेदन वा सिफारिस आह्वान गरी विज्ञसहितको चयन समितिको छनोटका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए । 

विभिन्न प्रज्ञा प्रतिष्ठानका कुलपति र प्राज्ञका संयोजत्वमा चयन समिति गठन भएको मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने