साउन १२, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा "/>
2026-07-03 09:24 PM
काठमाडौँ - KTM

भारतको ईशारामा प्रधानमन्त्री बन्दैछन् प्रचण्ड : ज्ञवाली

साउन १२, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा कुनै हालतमा एमाले सहभागी नहुने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने,‘‘एमाले नयाँ सरकारमा कुनै हालतमा सहभागी हुँदैन्, व्यक्तिले के भन्छ त्यो मतलवको विषय होईन् ।’’उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा बस्ने स्पष्ट पारे ।

ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूहरुले नजिकबाट नियाँलिरहेको उल्लेख गर्दै भने,‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री बन्ने हो, तर भारतीय मिडियाहरुमा जुन प्रतिक्रियाहरु आईरहेका छन्, त्यसले देशको हुर्मत काटेको छ ।’

यद्धपी उनले यसबारेमा आफूले बोल्न नमिल्ने भएपनि बाध्यता भएर टिप्पणी गरेको दाबी गरे । उनले अघि थपे,‘माओवादीले यसबारेमा बोल्नुपर्ने हो, तर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, दुःख लाग्दो कुरा छ ।’ उनले नेपाललाई दीर्घकालिन अहित हुने एजेण्डा बोकाएर प्रचण्डलाई स्खलित गर्ने काम त कतै भैरहेको छैन भन्नेमा आफूलाई चिन्ता लागेको बताए ।

उनले नयाँ सरकार गठनसँगै फेरि नेपाललाई एकपक्षीय भारतसँगको निर्भरतामा धकेलिन लागेको आशंका व्यक्त गरे । उनले आफ्नो पार्टी संविधानको कार्यान्वयन, समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने, संविधानको सर्वस्विकार्यताको लागि मधेशकेन्द्रित दलहरुको असन्तुष्ट माँगहरुलाई संशोधन मार्फत हल गर्ने, सन्तुलित अन्र्तराष्ट्रिय सम्बन्ध कायम गर्ने लगायतका महत्वपूर्ण विषयहरुमा जिम्मेवार भएर लाग्ने र सरकारलाई झकझकाउने काममा रचनात्मक भूमिका निर्वाह गर्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका विकासका योजनाहरुलाई नयाँ बन्ने सरकारले निरन्तरता दिने वा नदिनेबारे आफ्नो पार्टीले नजिकबाट नियाँल्ने समेत उनको दाबी थियो ।

नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर छिमेकी राष्ट्र चीनले जारी गरेको पछिल्लो विज्ञप्ती स्वभाविक रहेको ज्ञावलीको भनाई थियो । उनले भने,‘एउटा छिमेकी सरकार परिवर्तन भएपनि दुई देशवीचको सम्बन्धमा कुनै असर पर्दैन भन्छ, अर्को चाहीँ सरकार परिवर्तन भएसँगै दिपावली गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो