साउन १२, काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष प्रचण्डका नेतृत्वमा नयाँ सरकार गठन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष प्रचण्डका नेतृत्वमा नयाँ सरकार गठन "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

मधेशी मोर्चाको सबै माग पूरा गर्छौं: विश्वकर्मा

१२ श्रावण २०७३, बुधबार ०४:०७

साउन १२, काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष प्रचण्डका नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले अघि थपे,‘सबै प्रक्रिया पूरा भएर एक हप्ताभित्र नयाँ सरकार गठन हुन्छ, यसमा कुनै शंका नै छैन् ।’ 

काँग्रेस र माओवादी केन्द्रवीच ७ बुँदे सहमति र सरकारको विरुद्धमा अघि सारिएको ७ बुँदे सार्वजनिक भएको उल्लेख गर्दै नयाँ सरकारले सोही अनुरुप आफ्नो कार्यभार बनाउने उनको दाबी थियो ।

उनले पछिल्लो नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर चीनले जारी गरेको विज्ञप्ती स्वभाविक चासोको रुपमा आफूहरुले लिएको  बताए । 

उनले अघि थपे,‘चीनले यसरी चासो व्यक्त गर्नु स्वभाविक हो, यसलाई काँग्रेसले आन्तरिक हस्तक्षेपको रुपमा लिने कि के गर्ने भन्ने कुरा आफ्नो ठाउँमा छ, यो हाम्रो आन्तरिक राजनीतिक अवस्थाले गर्दा चासो उत्पन्न हो, भारतलाई गाली गरेरमात्रै नेपालको समस्या समाधान हुँदैन् ।’

नयाँ सरकारले स्वभाविक रुपमा आन्दोलनरत मधेशी मोर्चाका मागहरुलाई सम्बोधन गर्नेगरि काम गर्ने उनको विश्वास थियो । उनले अघि थपे,‘एमालेको नेतृत्वको सरकारले मधेशीलगायत विभिन्न असन्तुष्ट पक्षहरुको आवाजलाई सुन्नै चाहेन, बरु दुश्मनीको रुपमा लियो, चिसोपना बढायो, हामी अत्यन्तै संयममित भएर उहाँहरुको मागलाई कसरी हल गर्न वा सम्बोधन गर्न सकिन्छ भनेर लागिपरेका छौं, सम्भवतः हामी उहाँहरुको माग पूरा गराउन सफल हुन्छौं ।’उनले केपी ओली नेतृत्वको सरकारले मधेशीलाई विदेशी देखेको समेत गुनासो पोखे ।

विश्वकर्माले मधेशी मोर्चाले अघि सारेका मागहरु नयाँ सरकारले तीन चरणमा पुरा गर्ने जनाए । उनका अनुसार पहिलो चरणमा संविधान संशोधन मार्फत सम्बोधन गर्ने, दोस्रो चरणमा राजनीतिक आन्दोलनले उब्जाएका समस्याहरुको समाधान गर्ने, र तेस्रो चरणमा न्यायिक छानविन समिति गठन गर्ने रहेको छ ।

संविधान कार्यान्वयन, तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्ने र मुलुकलाई आर्थिक समृद्धिकोलागि सबै राजनीतिक दलहरुवीच सहमति, सहकार्य र एकता गर्दै अघि बढ्ने विश्वकर्माले विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार