साउन १२, काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष प्रचण्डका नेतृत्वमा नयाँ सरकार गठन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष प्रचण्डका नेतृत्वमा नयाँ सरकार गठन "/>
२०८२, ७ चैत्र शनिबार
काठमाडौँ - KTM

मधेशी मोर्चाको सबै माग पूरा गर्छौं: विश्वकर्मा

२०७३, १२ श्रावण बुधबार ०४:०७

साउन १२, काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष प्रचण्डका नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले अघि थपे,‘सबै प्रक्रिया पूरा भएर एक हप्ताभित्र नयाँ सरकार गठन हुन्छ, यसमा कुनै शंका नै छैन् ।’ 

काँग्रेस र माओवादी केन्द्रवीच ७ बुँदे सहमति र सरकारको विरुद्धमा अघि सारिएको ७ बुँदे सार्वजनिक भएको उल्लेख गर्दै नयाँ सरकारले सोही अनुरुप आफ्नो कार्यभार बनाउने उनको दाबी थियो ।

उनले पछिल्लो नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर चीनले जारी गरेको विज्ञप्ती स्वभाविक चासोको रुपमा आफूहरुले लिएको  बताए । 

उनले अघि थपे,‘चीनले यसरी चासो व्यक्त गर्नु स्वभाविक हो, यसलाई काँग्रेसले आन्तरिक हस्तक्षेपको रुपमा लिने कि के गर्ने भन्ने कुरा आफ्नो ठाउँमा छ, यो हाम्रो आन्तरिक राजनीतिक अवस्थाले गर्दा चासो उत्पन्न हो, भारतलाई गाली गरेरमात्रै नेपालको समस्या समाधान हुँदैन् ।’

नयाँ सरकारले स्वभाविक रुपमा आन्दोलनरत मधेशी मोर्चाका मागहरुलाई सम्बोधन गर्नेगरि काम गर्ने उनको विश्वास थियो । उनले अघि थपे,‘एमालेको नेतृत्वको सरकारले मधेशीलगायत विभिन्न असन्तुष्ट पक्षहरुको आवाजलाई सुन्नै चाहेन, बरु दुश्मनीको रुपमा लियो, चिसोपना बढायो, हामी अत्यन्तै संयममित भएर उहाँहरुको मागलाई कसरी हल गर्न वा सम्बोधन गर्न सकिन्छ भनेर लागिपरेका छौं, सम्भवतः हामी उहाँहरुको माग पूरा गराउन सफल हुन्छौं ।’उनले केपी ओली नेतृत्वको सरकारले मधेशीलाई विदेशी देखेको समेत गुनासो पोखे ।

विश्वकर्माले मधेशी मोर्चाले अघि सारेका मागहरु नयाँ सरकारले तीन चरणमा पुरा गर्ने जनाए । उनका अनुसार पहिलो चरणमा संविधान संशोधन मार्फत सम्बोधन गर्ने, दोस्रो चरणमा राजनीतिक आन्दोलनले उब्जाएका समस्याहरुको समाधान गर्ने, र तेस्रो चरणमा न्यायिक छानविन समिति गठन गर्ने रहेको छ ।

संविधान कार्यान्वयन, तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्ने र मुलुकलाई आर्थिक समृद्धिकोलागि सबै राजनीतिक दलहरुवीच सहमति, सहकार्य र एकता गर्दै अघि बढ्ने विश्वकर्माले विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो