२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेरबहादुर दाईको सल्लाहमै निधि सभापतिमा लड्ने

२०७७, ३१ भाद्र बुधबार १५:१८

मिनाक्षी झा | कोरोना कहरकै बीच नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशनका कार्यक्रमहरु सुरु भइसक्नुपर्ने थियो । तर कोरोना महामारीले गर्दा नै अहिलेसम्म प्रक्रिया सुरु हुन सकेको छैन । कांग्रेसको विधानअनुसार तोकिएको मितिमा महाधिवेशन गर्नै पर्ने छ । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै कार्यतालिकाअनुसार महाधिवेशन गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा विचार गर्दै आगामी कार्यदिशा तय हुन्छ । तर, समयमा नै महाधिवेशन गर्नुपर्छ । जसरी पनि महाधिवेशन गर्नुपर्ने भएकोले यसबारे पार्टीले केही निर्णय गर्छ होला । 

कांग्रेसको विधानमा चार वर्षमा महाधिवेशन हुनुपर्ने भनिएको छ । यदि त्यो अवधिमा हुन सकेन भने कार्यकाल एक वर्ष थप्न सकिने प्रावधान छ । अहिले ६ महिना समयावधि थप्न सकिन्छ भन्ने कुरा संविधानमै आएकोले बढाउन सकिन्छ । चार वर्षको अवधि सकिसकेको छ, आउँदो फागुनमा एक वर्ष बढी हुन्छ । यो फागुनसम्मै गर्न सकियो भने पार्टीका नेताहरुको विचार छ । कोरोनाले गर्दा यदि सम्भव भएन भने आउँदो भाद्रभित्रै गर्नुपर्ने समय तोकिएकोले जसरी पनि गर्नैपर्छ । 

महाधिवेशनको मुखमा सभापति शेरबहादुर देउवाले गर्नुभएको विभागहरु विधानविपरीत होइन । विधानमा दुई महिनाभित्र विभागहरु गरिसक्नुपर्ने भनिएको छ । तर त्यसमा पनि सभापतिको अधिकारक्षेत्रभित्र पर्दछ । सभापतिको बहुमत पनि भएकोले उहाँले आफ्नो अधिकारको प्रयोग गर्नुभएको हो । तर सभापतिले पार्टीका सबै नेतालाई मिलाएर सहमतिमा विभागहरु गठन गर्नुपर्ने कुरा थियो । अंशवण्डाको कुरा त्यहाँ पनि आयो । विगतमा अन्य पक्षले सभापतिलाई सहयोग नगरेपछि अहिले एकलौटी गर्नुभएको हो । 

राजनीति गर्नेले उच्च पदमा पुग्ने सबैको इच्छा हुन्छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पार्टीका शीर्ष नेता हुनुहुन्छ । उहाँहरु पछिका नेता विमलेन्द्र निधि हुनुहुन्छ । कांग्रेसमा निधिको ५० वर्षको लगानी छ । उहाँले एक कार्यकाल सभापति चलाएपछि अर्को पटक फेरि युवापिढीलाई हस्तान्तरण गर्दै जाने विचार राख्नुभएको छ । यो कुरालाई गर्व नै लाग्छ । उहाँले युवापिढीका लागि पनि सोच्नुभएको छ । नेताहरुले आफैलाई दोहो¥याई तेह¥याई आफू मात्र नेता हुँ भन्ने सोच्छन् । तर उहाँले अरुका लागि पनि सोचिदिएको हुनाले उहाँ पार्टीका लागि योग्य हुनुहुन्छ भन्ने मैले ठानेको छु । उहाँले अहिले पनि शेरबहादुर दाईको सल्लाहमै सभापतिमा लड्ने भन्नुभएको छ । त्यो पनि उहाँको महानता नै हो । उहाँले सभापतिका लागि इच्छा राख्नु स्वाभाविक नै हो । लामो समयको उहाँको राजनीतिक इतिहास छ, ठूलो लगानी छ, त्यो किसिमको राजनीतिक छवि पनि छ । 

निश्चितरुपमा विमलेन्द्र निधिलाई कांग्रेसको सभापतिमा एक पटक मौका दिनुपर्ने हो । किनभने उहाँ अर्को महाधिवेशन आउँदासम्म ७० पुग्नुहुन्छ । त्यसपछि नयाँ पीढिलाई हस्तान्तरण गर्ने सोचिसक्नुभएको छ । उहाँ शेरबहादुर दाईको धेरै नजिकको मान्छे हुनुहुन्छ । शेरबहादुर दाईले उहाँलाई आश्वासन दिनुभएको छ रे । आश्वासन दिएपछि शेरबहादुर दाईले पूरा गर्नुप¥यो नि । शेरबहादुर दाई अहिले एउटा अभिभावकको भूमिकामा हुनुहुन्छ । उहाँले आफूले दिएको आश्वासन पूरा गर्नुभयो भने उहाँको इज्जत कम हुँदैन, झन् बढ्छ । म त शेरबहादुर दाईलाई पनि भन्न चाहन्छु कि यदि आश्वासन दिनुभएको छ भने पूरा गर्नुप¥यो । यदि भन्नुभएको छैन भने पनि विमल दाईको इच्छा छ भने दिनुस् भनेर म भन्न चाहन्छु । 

कोरोना नियन्त्रणमा सरकार असफल

कांग्रेसले सुरुदेखि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवाज उठाउँदै आएको छ । कांग्रेसको हात अहिले केही पनि नरहेको केही गर्न सक्ने अवस्था छैन । अहिले पनि हाम्रा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई भेटेर कोरोना रोकथाममा सरकार गम्भीर बन्नुपर्ने सुझाव दिएपनि सरकारको ध्यान गएको छैन । प्रतिपक्षले सरकार र सत्तारुढ दललाई दबाब दिनबाहेक अरु केही गर्न सक्ने अवस्था पनि छैन । 

मुलुकको कुनै पनि समस्यासँग जुध्न मुख्य भूमिका सरकारकै हुनुपर्ने हो । तर पनि कांग्रेसले आफ्ना भ्रातृ संगठनहरु तरुण दल, नेविसंघले पनि सरकारलाई ज्ञापनपत्र पनि बुझाएको थियो । सरकारले पनि प्रदेश र स्थानीय निकायको दायित्व हो भनेर पन्छिरहेको छ । कांग्रेसले प्रदेश, स्थानीय तह र संघीय सरकारलाई समेत सचेत गराउँदै आएको छ । जनताले बुझोस् कि यो दुई तिहाइको सरकारले केही गर्न सकेको छैन । हामी सबै आआफ्नै तरिकाले सचेत हुनुपर्छ । कांग्रेसले जनताको जीउज्यान जोगाउनका लागि ठाउँ–ठाउँमा आफ्ना कार्यकर्ता पनि परिचालन गरेको छ । सचेतना पनि फैलाइरहेको छ । प्रतिपक्षको भूमिको भनेको संसदमै देखिन्छ । यस्तो अवस्थामा एकाएक संसद बन्द गर्नुपर्ने अवस्था थिएन । संसदमा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गर्नुपर्ने थियो, कोरोनाको विषयमा रणनीतिहरु तयार गर्नुपर्ने थियो । यस्तो विषम् परिस्थितिमा पनि सत्तारुढ दलभित्र सरकार परिवर्तनको खेल भइरहेको छ । यो कुरा जनताले बुझ्नुपर्ने हुन्छ कि कुन दललाई जितायौं । प्रतिपक्षले पनि योभन्दा बढी भूमिका हुनुपर्छ । 

अब प्रतिपक्षले प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुलाई घच्घचाउनुपर्छ पर्छ कि संघीय सरकारले केही गर्न सकेन भने अब तपाइँहरुले नै जनताको जीउज्यानको रक्षा गर्न अग्रसरता लिनुपर्छ । कांग्रेस त जहाँ पनि प्रतिपक्षमै छ । स्थानीय तहमा कांग्रेसको तर्फबाट रहेका जनप्रतिनिधिहरुलाई नेतृत्वले निर्देशन दिएकै छ । स्थानीय तहमा पनि संघले पूर्ण अधिकार दिएको छैन । 

प्रदेशको भूमिका पनि न्यून

अहिलेको अवस्थामा प्रदेश सरकारको जुन भूमिका हुनुपर्ने थियो, त्यो देखिएको छैन । प्रदेश सरकारले पनि संघलाई गाली मात्रै गरेर बसिरहेको छ । आफ्नो दायित्व त्यति बुझेको छैन । संघमा जसरी कमिशनको खेल छ, प्रदेशमा पनि त्यस्तै कमिशनको खेल भइरहेको छ । जहाँ कमिशन आउँदैन त्यहाँ ढिलो हुन्छ । प्रदेश २ का मुख्य व्यक्तिहरुलाई पनि कोरोना संक्रमण भएको छ । संघले प्रदेश र स्थानीय निकायलाई दोष देखाउँछ । एक अर्कालाई दोषारोपण गरेर नै जनता अहिले पीडित भइरहेका छन् । यो नहुनुपर्ने अहिले पनि सुधार होस् । सुरुदेखि संघलाई गाली गर्ने बानी भएर अहिले पनि प्रदेशले आफ्नो जिम्मेवारी नबुझेर केन्द्र गाली मात्रै गरेर बसिरहेका छन् । केन्द्रले दायित्व बुझेको छैन भने आफ्नो दायित्व त बुझ्नुपर्यो नि । (मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा