१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानले ‘रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार’ दिएको छः युवा नेता

३ आश्विन २०७७, शनिबार ०३:४३

असोज ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले  संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताउनुभएको छ । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उहाँहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन भएको सविधानसभाबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको छ भन्नुभयो ।

ओखलढुङगाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद यज्ञ सुनुवाारले संविधानसभाले पाँच वर्षअघि समावेशी संविधान उपलब्ध गराएको हुँदा प्रत्येक नेपालीले असोज ३ लाई राजनीतिक र सवैधानिक हिसावले ऐतिहासिक उपलब्धि हासिल गरेको दिनका रुपमा स्मरण गरिरहने बताउनुभयो ।  उहाँले मुलुकमा सङ्घीयताको पहिलो अभ्यास भएको हुँदा कानुन नबनेकाले प्रारम्भमा केही अलमलजस्तो देखिएपनि रेडियोमा सुन्ने सरकार होइन, घरदैलोमा भेटिने सरकार चाहिन्छ भन्ने जनताको चाहनालाई तीन तहका सरकार रहने व्यवस्थाले सम्वोधन गरेको छ भन्नुभयो ।

सङ्घीयताको आधार स्थापित गर्दै जनतालाई अधिकार उपलब्ध गराउने विषयमा राज्यले क्रमशः उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताउदै नेता सुनुवारले मुलुक समृद्धितर्फ उन्मुख भइरहेको परिणाम र सूचकले देखाएका हुँदा विकासको गतिलाई  ‘छुमन्तर’का रुपमा नबुझिदिन आग्रह गर्नुभयो । सिन्धुलीबाट प्रतिनिधित्व गर्नुहने साँसद गणेशकुमार पहाडीले आन्दोलनका उपलब्धिका रुपमा प्राप्त भएका सङघीयताको संस्थागत  र संविधानको स्थायित्वको जिम्मेवारी सरकार, जनता र राजनीतिक  दलको काधँमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शक्ति पृथकीकरणका आधारमा कार्यपालिका, व्यवस्थापितका र न्यायपालिकाले जिम्मेवारपूर्ण तवरले अघि बढेर गणतन्त्रलाई संस्थागत गर्ने मामिलामा अझै थप काम गर्नु पर्ने देखिएको छ, जनताको अपेक्षा अनुसार काम नभएको, समाजवादतर्फ जाने स्पष्ट खाँका र तयारी नभएको गुनासा छन्, ती आवाजलाई सम्वोधन गर्न परिवर्तनकारी शक्ति एक ठाउँमा आएर मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्छ ।”

दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने साँसद गणेश ठगुन्नाले नयाँ संविधानले नेपालको सवै जातजाति, धर्म, क्षेत्र र समुदायको आर्थिक, सामाजिक र सास्कृतिक अधिकारलाई सस्थागत गर्ने स्पष्ट मार्ग कोरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान प्रगतिशील, अग्रगामी र  समावेशी भएकाले मुलुकलाई समृद्ध बनाउने दिशामा महत्वपूर्ण मार्ग निर्देश गरेको छ, पूर्वाधार, कानूनी  र आर्थिक पक्ष कमजोर भएको अवस्थामा तत्काल परिणाम खोज्दा नतिजा नदेखिएपनि अब क्रमशः  सवैक्षेत्रबाट नतिजा  आउन लागेकाले आत्तिन पर्दैन ।”

लोकतन्त्रका लागि जनताले ७० बर्षभन्दाबढी समयदेखि गरेका विभिन्न आन्दोलन र बलिदानको उपलब्धिका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको बताउदै साँसद् ठगुन्नाले भन्नुभयो, “गतिशील दस्तावेजका रुपमा रहेको यो संविधानमा जनताका सवै अधिकार सुनिश्चित गरिएको छ, सवै राजनीतिक दलले सम्झौता र सहमतिको साझा दस्तावेजकारुपमा यसलाई स्वीकार गरेका छन् ।” नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाको विशेष बैठकमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले जारी गर्नुभएको हो ।  साँसद त्रय तत् जिल्लाबाट लगातार दुई पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने युवा नेता हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु