१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दिगोविकासका लक्ष्यलाई राष्ट्रिय कार्यक्रममा नेपालले मूल प्रवाहीकरण गरेको छ’ – प्रम

३ आश्विन २०७७, शनिबार ०७:४५

असोज ३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय योजना र कार्यक्रमहरुमा मूल प्रवाहीकरण गरिएको बताउनुभएको छ । उहाँले ती कार्यक्रमलाई अहिले नेपाल सरकारले स्थानीय तहसम्म पुर्याएको उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभाका अवसरमा महासचिव एन्टोनियो गुटरेसले शुक्रबार राति राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजना गर्नुभएको दिगो विकासका लक्ष्यसम्बन्धी उच्चस्तरीय बैठक ‘एसडिजी २०२० मोमेन्ट’ लाई काठमाडौँबाट अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार पार्न एसडिजीले नयाँ आधार तयार गरेको बताउनुभयो । 

दिगो विकासका अध्यक्ष हासिल गर्नेतर्फ नेपालले गरेका प्रगतिबारे गत वर्षको जुलाईमा उच्चस्तरीय राजनीतिक बैठकमा राष्ट्रिय समीक्षा प्रतिवेदन प्रस्तुत गरिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गरिबी घटाउन, खाद्य सुरक्षा, लैङ्गिक समानता, आधारभूत सरसफाइ र ऊर्जासम्मको पहुँचलगायत क्षेत्रमा गरेका प्रमुख उपलब्धिबारे जानकारी दिनुभयो । 

काभिड–१९ का कारण उत्पन्न वर्तमान स्वास्थ्य समस्याले कठिनताका साथ हासिल रहेका उपलब्धिलाई जोखिममा पारेको तथा अल्प विकसित राष्ट्रबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने नेपालको चाहनालाई जोखिममा पारेको बताउनुभयो । 

अनुपातहीन रुपमा अल्पविकसित देश, भूपरिष्टित देश र साना टापु विकासोन्मुख देश कोभिड–१९ बाट नराम्ररी प्रभावित भएका र त्यसले अर्थतन्त्रलाई गतिहीन बनाएको, राजश्व  सङ्कलनमा कमी आएको, सार्वजनिक खर्चमा बढोत्तरी भएको तथा गरिबी र बेरोजगारीले दिगो विकासका लक्ष्य हासिलमा अति नराम्ररी प्रभाव पारेको यथार्थ औँल्याउनुभयो । 


कोभिड–१९ विरुद्धको प्रतिकार्यका निम्ति विश्वव्यापी रुपमा भएका प्रयासहरुको सराहना गर्दै प्रधानमन्त्री ओलीले व्याख्यानले नभई सबै सरोकारवालाहरुले काम गरेर देखाउनु अति आवश्यक भएको बताउनुभयो ।

कोभिड–१९ को महामारीले सृर्जित कठिन परिस्थितिमा उक्त बैठक आयोजना गरेकामा महासचिवप्रति आभार व्यक्त गर्दै उहाँले महामारीका कारण जनजीविका तहसनहस भएको अर्थतन्त्र अस्तव्यस्त हुनाका साथै जनस्वास्थ्य र सामाजिक सुरक्षा प्रणालीले सङ्कट झेल्नु परेको बताउनुभयो । 

अहिलेको कठिन पस्थितिमा दिगो विकासका लक्ष्य हासिल गर्न इस्तानबुल कार्ययोजना, भियना कार्ययोजना, पेरिस सम्झौता र अल्प विकसित राष्ट्रहरुको उन्नयनसम्बन्धी अदिशअबाबा कार्यक्रमलाई एसडिजीसँगै मिलाएर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले चुनौतीको सामना गर्दै लक्ष्यलाई पर धकेल्ने वा पछि हट्नु हुँदैन भन्दै बाटो नबिराईकन सुदृढ रुपमा विकासका कार्यक्रम कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । 

एसिया प्रशान्त क्षेत्रका पाँच मुलुकमध्ये नेपाललाई उक्त बैठकमा समावेश गरिएको थियो । बैठकमा विश्वका २२ देशका राष्ट्रध्यक्ष र सरकार प्रमुखहरुका साथै विभिन्न क्षेत्रीय, समूह, दिगो विकास लक्ष्यका अभियन्ता विकासका साझेदार र राष्ट्रसङ्घका उच्चअधिकारी सहभागी थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु