2026-07-10 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनअपेक्षा छिट्टै पूरा हुनेछन्: अध्यक्ष दाहाल (भिडियो सहित)

असोज ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताउनुभएको छ ।

संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाउनुभयो । “राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ”, अध्यक्ष दाहालले भन्नुभएको छ, “भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।” 

उहाँले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उहाँको विश्वास छ । “देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउनका निम्ति नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीविलगायत संकल्प गर्ने दिनका रुपमा रहने छ”, उहाँले भन्नुभयो, “आउनुहोस् हामी सबै एक हौँ । सबै एक भएर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बढौं ।”

संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताउनुभयो ।

“पूर्वाधार विकास र निर्माणमा पनि हामी अगाडि बढेका छौँ तर नेपाली जनताले हामीलाई अपार विश्वास गरेर मतदान गर्ने बेलामा जसरी अपेक्षा गरेका थिए । निकै तीव्र गतिमा आर्थिक विकास हुनेछ । निकै तीव्र गतिमा सामाजिक न्याय कायम हुनेछ र समृद्धिको एउटा नयाँ दौडमा अब नेपाल तीव्र बेगमा अगाडि बढ्नेछ भन्ने अपेक्षा अझै पूरा भएको छैन भन्ने जनगुनासो हामीले सुनेका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यसबीचमा धेरै उतारचढाव पनि भए, एकतातिर स्वयम् सरकारको नेतृत्व गर्ने पार्टीभित्र विचार र बहसका कुरा, अर्कातिर देश र दुनियाँमा कोभिड–१९ को महामारीका कारण अप्ठ्यारो र जटिल परिस्थिति पैदा भयो । फेरि पनि हामीले आफ्नो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अगाडि बढाउँदै कोरोनाविरुद्धको अभियानलाई पनि अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ ।”

संविधानसभाबाट संविधान निर्माण प्रक्रियालाई आफैँमा एउटा ऐतिहासिक महत्वको राजनीतिक परिघटनाका रुपमा लिँदै उहाँले नेपालमा २००७ सालमा संविधानसभाबाट संविधान बनाउने कुरा उठे पनि ऐतिहासिक जनयुद्ध, बाह्रबुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताको चाहना पूरा हुने अवस्था बनेको बताउनुभयो ।

“यद्यपि त्यो पनि निकै जटिल र चुनौतीपूर्ण ढङ्गले अगाडि बढ्यो । पहिलो संविधानसभा सफल भएन र दोस्रो संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गाणतन्त्रात्मक संविधान निर्माण भयो”, अध्यक्ष दाहाले स्मरण गर्दै भन्नुभएको छ, “यो आफँैमा मौलिक, गम्भीर र दूरगामी महत्वको परिघटना हो । आज हामी सङ्घीय लोकतन्त्रिक गणतन्त्रको संविधानमा लिपिबद्ध भएको विचार भावना र मान्यतालाई व्यहारमा उतार्ने प्रक्रियामा छौँ । यो ठूलो राजनीतिक परिवर्तनेको युगान्तकारि परिवर्तन हो किनकी राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट सङ्घीयतामा, समावेशीता र समानुपातिकतामा र त्यसपछि धर्म सापेक्षताबाट धर्म निरपेक्षतामा जाने कुरा एउटा युगान्तकारी राजनीतिक परिवर्तनको द्योतक हो ।”

नेपालको बृहत एकता, यसको राष्ट्रिय स्वाधितनता, आत्मसम्मानको वृद्धि र नेपाली जनताको समृद्धिको आकांक्षा संविधानको अपेक्षाका रुपमा रहेको उल्लेख गर्दै उहाँले इतिहासको मूल्याङ्कनको दृष्टिले पाँच वर्षलाई लामो समयका रुपमा लिन नहुने बताउनुभयो । “यो लामो समय होइन तर फेरि पनि यसले के संकेत गर्छ भन्ने महत्वपूर्ण छ । यो पाँच वर्षमा संविधान घोषणा भयो । संविधान घोषणा भए पछि पनि निर्वाचत हुने हो की होइन भन्ने प्रश्न थियो”, उहाँले भन्नुभयो, “किनकी संविधान घोषणापछि मुख्यतः तराई मधेसमा असन्तुष्टिको स्थिति थियो । त्यसलाई पनि सामेल गरेर निर्वाचन तिर जाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चुनौती हाम्रो अगाडि थियो । हामीले त्यसलाई पार गर्यौं, मलाई खुसी र गर्व पनि छ ।”

संविधासभाको निर्वाचनमा देशमा लैजानका निम्ति आफ्नै नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसपछि सात राजनीतिक दल र नेकपा माओवादीले गरेको बाह्रबुँदे समझदारी र ऐतिहासक जनआन्दोलन हुँदै देश अन्तत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुने ठाउँमा आइपुगेको स्मरण गर्दै उहाँले भन्नुभयो, “यो कम गौरवको कुरा होइन्, आम नेपाली र त्यसका लागि अनवरत सङ्घर्ष गर्ने र त्यसको नेतृत्व गर्ने पात्रको हैसियतले मलाई गर्वको अनुभूति हुन्छ ।” रासस 

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो