साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवरा राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाइ स्विका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवरा राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाइ स्विका"/>
2026-07-03 09:24 PM
काठमाडौँ - KTM

नेपाललाई हिन्दू–गणतन्त्र बनाउनको लागि पार्टी एकता: अध्यक्ष राणा

साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवरा राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाइ स्विकारेकोले पार्टी एकता हुने निश्चित भएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘राप्रपा नेपालसँगको पार्टी एकता हुन्छ, हिन्दू–गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको छ, बाँकी मुद्दा महाधिवेशनपछि टुँगो लगाउँछौं ।’

उनले आगामी चैत्रमा महाधिवेशन हुने र महाधिवेशनबाटै संघीयताको बारेमा सहमति गर्ने जनाए । उनले थपे,‘संघीयता र गणतन्त्रलाई राप्रपाले स्विकारिसकेको छ, पार्टी एकता हुँदापनि यसकै सेरोफेरोमा टेकेर समझदारी बनाएर अघि बढ्छौं ।’

राणाले दुई पार्टीवीचको एकता नेपाललाई हिन्दू–गणतन्त्र बनाउनका लागि भएको दाबी गरे । उनले भने,‘अब नेपाल छिट्टै हिन्दूराष्ट्र हुन्छ ।’

उनले भने,‘पार्टी एकतापछि कस्तो नीति लिनेबारे अहिले छलफल भैरहेको छ, कतिपय असहमतिका बुँदाहरुमा हामी महाधिवेशनबाट टुँगोमा पुग्छौं ।’उनले अब हुने पार्टी एकता कहिल्यै नफुट्नेगरि हुने एकता हुने समेत दाबी गरे । पार्टी एकतापछि चुनाव चिन्ह समेत हलो हुने उनको विश्वास थियो । 

उनले राप्रपा नेपालले आगामी आईतबार पार्टी एकता गर्ने भनिरहेपनि पार्टी एकताको मिति तय भैनसकेको दाबी गरे । उनले पार्टी एकतापछि आफू राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापालाई अध्यक्ष बनाउने र पार्टीभित्रका अन्य पदाधिकारी चयन गर्नेवारे सहमति भएको बताए ।

‘प्रचण्डलाई दुवै पार्टी एक भएर मतदान गर्छौं’

अध्यक्ष राणाले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई आफ्नो पार्टीले समर्थन गर्ने उल्लेख गर्दै सरकारमा सहभागी हुने वा नहुनेवारे अहिले छलफल भैरहेको स्पष्ट पारे । उनले थपे,‘सरकारमा जाने वा नजानेवारे अहिले छलफल जारी छ, सम्भवतः दुवै पार्टी छलफल गरेर हामी एउटै निश्कर्षमा पुग्छौं ।’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतदान गर्ने विषयमा दुवै पार्टी एक हुने विश्वास व्यक्त गरे ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई राहत महशुस हुने खालका कुनै ठोस काम नगरेको, मधेशको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयन धिमा गतिमा अघि बढेको र पछिल्लो समय संसदबाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारे । उनले अघि थपे,‘स्भाविक रुपमा अब ओलीजीको विरुद्धमा उभिएकाले अब बन्ने प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्छौं ।’

पछिल्लो समय नेपालको राजनीतिमा चीनीयाँ कार्ड प्रयोग भैरहेको छ अरे नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘तासको पत्ताजस्तो तुरुप प्रयोग गर्नुहुँदैन, नेपालको पराष्ट्र नीति एउटै छ, हामी दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो