१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरिता गिरीको माग- उत्तरी सीमा अतिक्रमणबारे सरकारले धारणा सार्वजनिक गरोस्

७ आश्विन २०७७, बुधबार ०५:५८

असोज ७, काठमाडौं । पूर्वमन्त्री सरिता गिरीले छिमेकीको सहयोग मागेर भए पनि नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग गरेकी छन् । चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरेको भन्ने विषयमा पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने गिरीको माग छ ।

गिरीले आज विज्ञप्ति जारी गरी सरकार आफैंले सिमानाको रक्षा गर्न नसके मित्र राष्ट्रसँग सहयोग माग्नुपर्ने उल्लेख गरेकी छन् । उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'यदि नेपाल सरकार आफनो सिमानाको रक्षा अहिलेको अवस्थामा स्वयं गर्न सक्षम छैन भने मित्र राष्ट्रहरुसँग सल्लाह गरी र सहयोग मागी नेपालको उत्तरी सिमानाको रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकारसँग आग्रह गर्दछु । साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपालको भूमि अतिक्रमण गरेकोबारे पनि नेपाल सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन माग गर्दछु ।'

हुम्ला र गोरखाको रुई गाउँमा चीनले नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्दै गिरीले, यसलाई बेवास्ता गर्दै गएमा नेपाल क्षेत्रीय द्वन्द्वमा फस्न सक्ने आशंकासमेत गरेकी छन् । चीनले भने नेपालसँग कुनै पनि भौगोलिक विवाद नरहेको भन्दै हुम्लामा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ ।

नेतृ गिरीले भारतसँग देखिएको सीमा विवाद ऐतिहासिक तथ्य र प्रमाणको आधारमा वार्तामार्फत् समाधान गर्न पनि माग गरेकी छन् ।

समाजवादी पार्टीकी पूर्व सांसद गिरीले यसअघि लिम्पियाधुरा–कालापानीसमेतका भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेकोमा विरोध जनाएकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।

समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेपछि पार्टीबाट हटाएको थियो । पार्टीबाट हटेपछि उनको सांसद पद पनि गुमेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु