साउन १३ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३

२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

विधानसम्मत अधिवेशनको माग गर्दै काँग्रेस केन्द्रिय कार्यालयमा रिले अनशन

१३ श्रावण २०७३, बिहीबार ०८:४७


साउन १३काठमाडौँ । विधानसम्मत अधिवेशनको माग गर्दै नेपाल विद्यार्थी सङ्घका नेताहरुले आजदेखि नेपाली काँग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा रिले अनशन सुरु गरेका छन् ।

बिहीबार साँझदेखि नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष एवम् अध्यक्ष पदका दावेदार पदमराज पन्तको नेतृत्वमा एक दर्जन बढी विद्यार्थी नेताहरुले पार्टी कार्यालयभित्रै अनशन थालेका हुन् । सङ्घको ११औँ अधिवेशनका लागि फर्जि प्रतिनिधि छनौट गरेको भन्दै उक्त कार्यको विरोध गर्दै अनशनमा वस्नु परेको पूर्व कोषाध्यक्ष पन्तले बताउनुभयो । “एक हजार एक सय बढी फर्जि प्रतिनिधि छनौट गरिएको छ, उक्त कार्य तत्काल सच्याउनु पर्छ,” उहाँले भन्नुभयो । संघका केन्द्रिय अध्यक्षले आसेपासेलाई प्रश्रय दिई विधानविपरित प्रतिनिधि छनौट गरेको पन्तको आरोप छ ।

संघको विधानले कामय गरेको भन्दा बढी फर्जि प्रतिनिधि खारेज गर्नुपर्ने र वास्तविक प्रतिनिधि मात्र कायम गरिनुपर्ने, स्ववियु र काउन्सिलको प्रतिनिधिका सन्दर्भमा वास्तविक प्रतिनिधि कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका काठमाडौँ उपत्यकाका क्याम्पसमा र अन्य जिल्लामा वैधानिक विधि अनुसार अधिवेशन सम्पन्न गरिनुपर्नेलगायत माग राख्दै पार्टी कार्यालयमा अनशन सुरु गरेको पूर्व कोषाध्यक्ष पन्तले बताउनुभयो । पन्तसँगै नेपाल विद्यार्थी सङ्घका केन्द्रिय सदस्य विष्णुदत्त जोशी, पदम बहादुर अधिकारी, सागर पाण्डे, जयसिँह धामी लगायतका नेताकार्यकर्ताहरु अनसनमा वसेका छन् । “माग सुनवाई नगरिएसम्म अनशन जारी रहने छ,” सङ्घका केन्द्रिय सदस्य जोशीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु