साउन १३, काठमाडौँ । सङ्घीय गठबन्धनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको छलफलपछि मात्र सरकारमा जाने नजाने विषयमा टुङ्गो लगाउने निर्णय गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौँ । सङ्घीय गठबन्धनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको छलफलपछि मात्र सरकारमा जाने नजाने विषयमा टुङ्गो लगाउने निर्णय गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्"/>

2026-07-03 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस र माओवादी केन्द्रसँगको छलफलपछि गठबन्धनले निर्णय लिने

साउन १३, काठमाडौँ । सङ्घीय गठबन्धनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको छलफलपछि मात्र सरकारमा जाने नजाने विषयमा टुङ्गो लगाउने निर्णय गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिका सम्बन्धमा अहिले नै सरकारमा जाने निर्णय गर्ने बेला नभइसकेको हुनाले काँग्रेस र माओवादीसँग छलफल गरेर मात्र सरकारको विषयमा टुङ्गो लगाउने निर्णय भएको गठबन्धनका प्रवक्ता डा ओम गुरुङले जानकारी दिनुभयो । 

बैठकले गठबन्धनको माग र मुद्दा सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनलाई सशक्त बनाउनका लागि मुलुकको १० स्थानमा बृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले गाउँपालिका, नगरपालिकाको सिमाना निर्धारण सम्बन्धमा सम्बन्धित आयोगले गरेको गतिविधि सङ्घीयतालाई संस्थागत हुन नदिने निर्णय गरेको प्रवक्ता गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

गठबन्धनले संविधानसँग जोडिएका असहमतिका विषयको सम्बोधन नहुन्जेलसम्म सिमाना आयोगको काम कारबाही नगर्न पनि सरकारलाई आग्रह गरेको छ । बैठकले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल युद्धस्तरमा उद्धार तथा राहत वितरण, औषधोउपचारको व्यवस्था, उचित बासस्थानको प्रबन्ध गर्नका निम्ति गठबन्धन सरकारसँग माग गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो