2026-07-09 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीका सल्लाहकार र बालुवाटार सुरक्षामा खटिएका २८ सेनामा कोरोना सङ्क्रमण

असोज १७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण भएको छ ।

शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उहाँहरुको आज रिपोर्ट पोजेटिभ आएको बताइएको छ । 

यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, प्रधानमन्त्री निवासमा  खटिएता  पनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएका सुरक्षाकर्मीको स्थानमा अन्य सुरक्षाकर्मी बदली गर्ने कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो