२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र डा. केसीबीच सहमति

२०७७, २३ आश्विन शुक्रबार ११:३१

असोज २३, काठमाडौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

चिकित्सा शिक्षाको सुधारको माग राख्दै १९औं पटकको अनसनमा बसेका डा. केसीको जीवन बचाउनका लागि २५औं दिनमा चौतर्फी दबाब भएपछि बुधबार गठन गरिएको सरकारी वार्ता टोलीसँग केसीका तर्फबाट तोकिएका वार्ताटोलीको बिहीबार बिहान १०:३० देखि शुरु भएको छलफल आज पनि चलेको थियो ।

बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो । बार्ताबाट के-के सहमति भयो भन्ने बारे भने कुनै जानकारी आएको छैन ।

वार्ता टोलीमा सरकारका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजनमा गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मासहितको तीन सदस्य रहेका थिए । 

त्यसैगरी अनशनरत डा केसीका तर्फबाट संयोजक डा जीवन क्षेत्री, सदस्यहरु डा अञ्जनीकुमार झा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, डा लोचन कार्की, नेपाल चिकित्सक संघका अध्यक्ष, ओम प्रकाश अर्याल कानूनविद्सहितको टोली रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा