१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा क्षेत्रीय विमानस्थल निर्माण समयमै सकिन्छ: मुख्यमन्त्री गुरुङ

२४ आश्विन २०७७, शनिबार १४:२७

असोज २४, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थलको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद पनि विमानस्थलका निर्माण कार्यले निरन्तरता पाएको बताउनुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माणाधिन विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालनसँगै समृद्धिको आधार बन्ने बताउँदै मुख्यमन्त्री गुरुङले महामारीका रुपमा पैmलिएको कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति उपलब्ध गराउन असहज भएपनि सङ्घीय सरकार र स्थानीय तहसँग आवश्यक सहजिकरण गरेर समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विमानस्थल निर्माणका गठित कार्यदलमा प्रदेश सरकारको उपस्थिति हुनु पर्ने बताउँदै देखिएका समस्या पहिचान गरी निराकरण गरिनु पर्नेमा जोड दिनुभयो । विमानस्थल निर्माणका लागि थपिएका नयाँ चुनौतीको सामना गर्दै त्यससम्बन्धि तयार पारिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण कार्य हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । भौतिक पूर्वाधार निर्माणको काम अधिकांश सम्पन्न भएको उल्लेख गर्दै उहाँले उपकरण जडानलगायत काम बाँकी रहेको बताउनुभयो । विमानस्थलभित्र टर्मिनल भवन, ह्याङ्गर, धावनमार्ग, पार्किङ, पहुँचमार्गसहित १४ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

भिसाको समस्या र कोरोना सङ्क्रमणको कारण विमानस्थलको निर्माणका लागि आवश्यक जनशक्ति समयमै नआउँदा उपकरण जडानमा भने ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण निर्माण कार्यको गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिना अगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । कूल रु २२ अर्वको लागतमा निर्माण भई रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु