२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लास्थित सिमानाबारे कूटनीतिक पहल थाल्न कांग्रेसको माग,सर्लाही घटनाको निन्दा

२०७७, २८ आश्विन बुधबार १५:२९

असोज २८, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  हुम्लास्थित नेपाल चीन सीमाबारे तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न र कूटनीतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न सरकारसँग माग गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति मार्फत हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको नेतृत्वले यही असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सार्वजनिक नगरेकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सर्लाही घटनाको  निन्दा

कांग्रेसले सर्लाहीमा आज आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको जनाउँदै घटनाको निन्दा  गरेको छ ।

सर्लाही जिल्ला रामनगर गाउँपालिका–७ निवासी दलित महेन्द्र रामको यही असोज २२ गते भएको हत्या सम्बन्धमा मृतक परिवारको जाहेरी प्रशासनले दर्ता नगरेको भनी आज कांग्रेसले सर्लाहीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो । सो क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको कांग्रेसले जनाएको छ ।

मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतकका श्रीमती, भाइ एवं अन्य तीन महिलालगायत घाइते भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले पक्राउ परेका व्यक्तिलाई अविलम्ब रिहाइ गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु