१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने अड्कलबाजी असत्य सावित

२८ आश्विन २०७७, बुधबार १७:१८

असोज २८, काठमाडौँ | मन्त्रिपरिषद्मा आज गरिएको पुनःगठनले केही समययता रिक्त मन्त्रालयले नेतृत्व पाएका छन् । तीन मन्त्रालयको नेतृत्वमा नयाँ अनुहार आएका छन् । यसैगरी मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने भन्ने कतिपय अड्कलबाजीलाई यो पुनः गठनले असत्य सावित गरेको छ ।

पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिमण्डल पुनःगठन, पार्टी एकताका बाँकी काम, संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिलगायतबारे दैनिकजसो परामर्श हुँदै आएको थियो । नेकपाका शीर्ष नेताहरुका बीचमा पनि धेरै नयाँ अनुहारका मन्त्री पठाउने र अधिकांश पुरानैलाई निरन्तरता दिने भन्नेमा विभिन्न कोणबाट छलफल चलेको थियो । 

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्रको अन्तरविरोध हल गर्दै सङ्घीय र प्रदेश सरकारमा आवश्यकतानुसार हेरफेर गर्ने निर्णय गरेको थियो । सोही कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प पनि नेकपाको पछिल्लो सचिवालय बैठकले  गरेको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा केही नयाँ मन्त्रीको पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गर्नुभएको हो । नयाँ जिम्मेवारीमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहनुभएका ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । विगतमा विनाविभागीयमन्त्री बनाइएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट कार्यालय सञ्चालन गर्न दिइए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्पष्ट जिम्मेवारीसहित मन्त्री तोकिएको यो नयाँ अभ्यास हो । उपप्रधानमन्त्री पोखरेलले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समिति संयोजकसमेतको भूमिका प्रभावकारीरुपमा निर्वाह गर्नुभएका सन्दर्भमा प्रधानमन्त्री ओलीलाई सघाउने गरी यो नयाँ जिम्मेवारी दिइएको देखिएको छ ।

 नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्को समग्र कामको संयोजनको भूमिका पाउनुभएको उल्लेख गर्नुभएको छ ।

रिक्त अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेल विगतमा पनि अर्थमन्त्री भइसक्नुभएका नेकपाका महासचिव हुनुहुन्छ । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई राजनीतिक पृष्ठभूमिको अभावका कारण कतिपय बजेट शीर्षकमा पार्टीभित्रैबाट समेत आलोचना भएका स्थितिमा नयाँ अर्थमन्त्री राजनीतिक क्षेत्रको अनुभवी व्यक्ति हुनुभएको छ ।

 निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामापछि रिक्त सञ्चारमन्त्रीमा यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका पार्वत गुरुङले जिम्मवारी पाउनुभएको छ । उहाँ गत प्रतिनिधिसभामा मुलुककै सबैभन्दा बढी मतान्तरबाट विजयी हुने दोलखाका सङ्घीय सांसद् हुनुहुन्छ । शहरी विकासमन्त्रीमा नियुक्त कृष्णगोपाल श्रेष्ठ लामो समय काठमाडौँ उपत्यकाको पार्टी नेतृत्वमा रहनुभएको थियो । उहाँ पूर्व स्थानीय विकास राज्यमन्त्री पनि हुनुहुन्छ । महिलामन्त्री हुनुभएका सिरहाका लीलानाथ श्रेष्ठ पहिलो पटक मन्त्री हुनुभएको छ । नवनियुक्त मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरी सरकारका प्राथमिकताबारे निर्देशन दिनुभएको छ । मन्त्रीहरुको शपथग्रहण बिहीबार हुने जनाइएको छ । बडादशैँपूर्वको यो हेरफेरले पुराना मन्त्रीहरुलाई आत्मबलका साथ काम गर्न र नयाँ मन्त्रीहरुलाई नयाँ उत्साहका साथ कार्यक्षेत्रमा ओर्लन प्रेरणा दिने विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु